Author: admin

खबरमञ्च, विर्तामोडः मिस ग्राण्ड झापा २०१६ को उपाधि विर्तामोड झापाकी समीक्षा खतिवडाले हात पारेकी छिन् । उनले ४१ हजार नगद पुरस्कारका साथै विभिन्न म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन् । संगै दर्जनौं संघसंस्थाले प्रदान गरेका आकर्षक गिफ्ट ह्याम्पर हात पारेकी छिन् । आइतबार राति भएको प्रतियोगिताको फाइनलमा विर्तामोडकै सुस्मिता बस्नेत फस्र्ट रनरअप भइन् । उनले २५ हजार नगद पुरस्कारका साथै आकर्षक गिफ्ट ह्याम्पर हात पारिन् । प्रतियोगितामा काँकरभिट्टा झापाकी निशा गुरुङ सेकेण्ड रनरअप भइन् । उनले नगद १५ हजार हात पारिन् । विर्तामोडमा रहेको ग्रिसा एण्ड कम्पनीले उक्त प्रतियोगिताको आयोजना गरेको हो आयोजक संस्थाका पवन खतिवडाले जानकारी…

Read More

२७ चैत, विर्तामोडः प्रथम रमपम झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा झापा ११ लाई १–० गोल अन्तरले हराउदै आर्मीले इतिहास रच्दै झापा गोल्डकपको उपाधि हात पारेको हो । उपाधीसँगै आर्मीले मोफसलकै सबैभन्दा ठुलो पुरस्कार राशी हात पार्न सफल भएको छ । आर्मीले नगद ६ लाख रुपैयाँ पाएको छ भने उपबिजेता झापाले ३ लाखमा चित्त बुझाएको छ । डोमालाल राजबंशी रगशालामा भएको खेलमा झापाले आर्मी बिरुद्ध थुप्रै मुभ बनाएपनि गोल गर्न भने सकेन । आर्मीको डिफेन्स मजबुत भएका कारण झापा गोल गर्नबाट बञ्चित रहयो । आर्मीका लागि एकमात्र गोल चर्चित स्ट्राइकर नवयुग श्रेष्ठले गरे ।…

Read More

२५ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशि भएको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा झापा र आर्मी भिड्ने भएका छन् । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको विहीबार भएको अन्तिम सेमीफाइनल खेलमा मनाङ मस्र्याङदी क्लबलाई १–० गोल अन्तरले हराउँदै त्रिभुुवन आर्मी क्लब फाइनलमा पुगेको हो । झापा बुधबार भएको पहिलो सेमीफाइनलमा थ्री स्टारलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ । फाइनल खेल चैत २७ गते शनिबार डोमालाल राजवंशी रंगशालामा हुनेछ । विहीबार भएको अन्तिम सेमी फाइनल खेलमा आर्मीका तर्फबाट जर्सी नम्बर ३० का अमित तामाङले गोल गरेका थिए । उनको गोल नै निर्णायक गोल भएको थियो । उनले खेलको ११ औं…

Read More

२४ चैत, विर्तामोडः सडन डेथमा कप्तान प्रवेश कटवालको गोलसँगै रमपम झापा ११ प्रथम रमपम झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेल अवधिभरमा दुबै तर्फबाट १–१ गोल भएर थपिएको समयमा समेत थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोश्रो हाफको ५४ औं मिनेटमा थ्री स्टारका सुनिल बलले प्रहार गरेको कर्नरमा शिब श्रेष्ठले सुन्दर गोल गर्दै खेलमा अग्रता लिएको थियो । हजारौं झापाली समर्थकको दवावमा रहेको झापाले खेलको ७५ औं मिनेटमा गणेश खड्काको क्रस पासमा चर्चित स्ट्राइकर कर्ण…

Read More

२३ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक नगद पुरस्कार राशि रहेको झापा गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा मनाङ मस्र्याङदी क्लबले रुपन्देहीमाथि सहज जीत हासिल गरेको छ । मनाङका खेलाडी अफिज ओलावालेको ह्याट्रिकसंगै रुपन्देहीलाई ४–१ गोलको अन्तरले हराउँदै मनाङ सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा मनाङले विहीबार नेपाल आर्मीको सामना गर्नेछ । खेलको ३३ औं मिनेटमा मनाङका जर्सी नम्बर १८ का अफ्रिकन मूलका खेलाडी सिसोकोले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४३ औं मिनेटमा मनाङकै जर्सी नम्बर ९९ का अर्का अफ्रिकन मूलका अर्का खेलाडी अफिज ओलावालेले अर्काे गर्दै खेललाई २–० को नतिजामा पुर्याए ।…

Read More

२२ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक नगद पुरस्कार भएको झापा गोल्डकप फुटबलको तेस्रो क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै थ्रीस्टार विजयी बनेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको खेलमा सशस्त्रलाई १–० ले थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफ अन्त्य ४३ औं मिनेटमा थ्रीस्टारका बिदेशी खेलाडी जर्सी नं ९८ का सेगनले निर्णायक गोल गरे । खेलको पहिलो हाफमा सशस्त्रले प्रहारको अनेकौं मौका पाए पनि उसका खेलाडीको उक्त मौकालाई सार्थक बनाउन सकेनन् । आधा दर्जन भन्दा बढी प्रहार गोलपोस्ट बाहिरै गए । खेलको दोस्रो हाफमाको सुरुवातदेखि नै थ्रीस्टारले सशस्त्रलाई दबाबमा राख्यो । तर दोस्रो हाफमा थ्रीस्टारका…

Read More

२१ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक राशि पुरस्कारको झापा गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब विजयी बनेको छ । झापा विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा आइतबारको विजयसंगै आर्मीले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटसंगै १०÷१० मिनेटको समयमा पनि खेल बराबरीमा टुंगिएपछि खेलको नतिजा टाई ब्रकेरबाट लिनु परेको थियो । जसमा आर्मीका गोलकिपरले पुलिसका दुईवटा प्रहार रोकेपछि उसको जीत सुनिश्चित बनेको थियो । खेलको पहिलो हाफको ३५ औं मिनेटमा त्रिभुवन आर्मीका तर्फबाट जर्सी नम्बर ६ का हिरण्य मगरले पुलिस विरुद्ध गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए…

Read More

२० चैत, विर्तामोडः रमपम झापा गोल्डकप फुटबलको शनिबार भएको खेलमा कास्की ११ लाई ३–२ ले हराउँदै झापा ११ विजयी भएको छ । शनिबारको विजयका साथ झापा ११ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलको १० औं मिनेटमा झापा ११ का गणेश खडकाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर १९ मिनेट बित्न नपाउँदै कास्की ११ का सुनिल लामाले हानेको गोल झापा ११ का रवि थापा मगरको खुट्टामा लागेर आत्मघाती गोल भएपछि खेल बराबरीमा पुगेको थियो । पहिलो हाफको २४ औं मिनेटमा पुनः झापा ११ दिलिप लोक्तामले कास्की विरुद्ध गोल लगाएका थिए । खेलको…

Read More

१९ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फुटबलको शुक्रबारको खेलमा गोर्खा व्याइज भारतलाई ३–१ गोलले हराउँदै नेपाल पुलिस क्लब विजयी बनेको छ । झापा विर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलको ३१ औं मिनेटमा पुलिसका जर्सी नं १२ का सुमन लामाले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलको सुरुवाती समयमा दुवै तर्फबाट बराबरी प्रहार भएका थिए । तर ति प्रहार गोलमा परिणत भने हुने सकेन । खेलको दोस्रो हाफको ३२ औं मिनेटमा पुलिसका जर्सी नं १९ का निरकुमार राईको पासमा जर्सी नं २ का रविन श्रेष्ठले आफ्नो टिमका लागि दोस्रो गोल गरे । खेलको…

Read More

चैत १८, विर्तामोडः विहीबारदेखि राजधानी बाहिरको सर्वाधिक राशिको झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ साङली डि एफ ए महाराष्ट्रविरुद्ध ९–० को गोल गर्दै विजयी बनेको छ । विर्तामोडस्थित डोमालाल रंगशालामा भएको उद्घाटन खेलको मध्यान्तरको समयसम्ममा झापा ११ ले ८ गोल लगाएको थियो । मध्यान्तरपछि झापा ११ ले १ थपी ९ गोल पुर्याएको थियो । झापा ११ को आक्रामक खेलमा साङलीको कुनै जोर चलेन । खेलमा झापा ११ को अधिकांश प्रहार गोलमा परिणत भएको थियो । झापामा पहिलो पटक आयोजना भएको प्रथम रमपम झापा गोल्ड कपको उद्घाटन खेलमै झापा ११ ले भारत महाराष्ट्रको साङली डिएफएबिरुद्ध गोलको बर्षा गरेको हो ।…

Read More