Author: admin

६ फागुन, विर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चार जना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा धनमाया वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट सिर्जना घिमिरे पुरस्कृत भएकी छन् । घिमिरे खबरमञ्च डटकमकी संस्थापक सम्पादक हुन् । जयन्द्रप्रसाद प्रसाईं वर्षोत्कृष्ट कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका लेखक वसन्त बस्नेतलाई पुरस्कृत गरिएको छ । संस्थाका अनुसार २०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारालाई वर्षोत्कृष्ट कृतिका रुपमा पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विष्णु पद्मा विशेष प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञसभा सदस्य, पत्रकार एवं चित्रकार पवन राजवंशीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत कृतिकार तथा…

Read More

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका छन् । एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले सरकारलाई समर्थन गरेर कांग्रेसले बिभिन्न पदका लागि ढडिया थापेको भन्दै अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाए । उनले कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको पनि बताए । गुरुङले दक्षिणपन्थी गठबन्धनलाई तोडेर बामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै यसलाई लामो समय कायम राखेर प्राप्त उपलव्धीलाई संस्थागत गर्नुपर्ने धारणा राखे । दलीय हिसावमा वर्तमान सरकारमा एमालेले ११…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी रहेको बताएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पुर्‍याउने भएकाले यसको नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी रहेको बताएकी हुन् । भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन उहाले आह्वान पनि गरिन् । उनले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भई काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवस आज मनाइँदैछ । ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरि अख्तियारको स्थापना मनाइन लागिएको हो । दिवसका अवसरमा अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गर्दैछ। आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय छन्। अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो। नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो। हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ। भ्रष्टाचार…

Read More

झापा । हात्तीबाट जोगिन घरअगाडि आफैंले थापेको विद्युतीय धरापमा परेर झापामा एक जनाको मृत्यु भएको छ । हात्ती थापेको विद्युतीय धरापबाट करेन्ट लागेर बिर्तामोड ७ बाह्रघरेका ४९ बर्षिय खेम श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । गएराति पिसाब फेर्न निस्किँदा करेन्ट लागेर उनको मृत्यु भएको हो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने दावी गरेका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राष्ट्रपति को बन्छ भन्ने प्रश्नमा ओलीले हामीले जो भन्छौं त्यही हुन्छ भन्ने प्रतिक्रिया दिए । ओलीले सुदूरपश्चिम सरकारको अवस्थामा केन्द्रमा के हुन्छ हेर्न बाँकी रहेको बताए । त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन राम्रो भएको पनि बताए ।

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरेकी छन्। सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै उनले सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिन्। “सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सरकारले अघि सार्ने नीति तथा कार्यक्रम, बजेट एवं नागरिकको समृद्धि र विकासप्रतिको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्नेछन्”, सम्बोधनमा उनले भनिन्, “नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट पूर्ववत् सहयोग मिल्ने विश्वास गर्दछु ।” वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम…

Read More

काठमाडौं। जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र नेतृत्वका दुई प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेका छन्। माघ २४ गतेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते, जनयुद्ध दिवसको अवसरमा प्रदेश भरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो।यस्तै, कर्णाली प्रदेश सरकारले पनि फागुन १ गते, जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २०५२ फागुन १ गते सशस्त्र संघर्षको घोषणा गरेको अवसर पारेर माओवादीले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ।

Read More

काठमाडौँ । विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशन पछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ । महाधिवेशन शनिवारसम्म चल्नेछ।

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । नयाँ वानेश्वरस्थित संसद भवनमा आज अपराह्न ३ बजे राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएकी हुन् । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गरेपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको…

Read More