काठमाडौं। जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र नेतृत्वका दुई प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेका छन्।
माघ २४ गतेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते, जनयुद्ध दिवसको अवसरमा प्रदेश भरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यस्तै, कर्णाली प्रदेश सरकारले पनि फागुन १ गते, जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
२०५२ फागुन १ गते सशस्त्र संघर्षको घोषणा गरेको अवसर पारेर माओवादीले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ।
Facebook Comments Box