काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने दावी गरेका छन् ।
शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राष्ट्रपति को बन्छ भन्ने प्रश्नमा ओलीले हामीले जो भन्छौं त्यही हुन्छ भन्ने प्रतिक्रिया दिए ।
ओलीले सुदूरपश्चिम सरकारको अवस्थामा केन्द्रमा के हुन्छ हेर्न बाँकी रहेको बताए ।
त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन राम्रो भएको पनि बताए ।
Facebook Comments Box