काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी रहेको बताएकी छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासमा बाधा पुर्याउने भएकाले यसको नियन्त्रण र सुशासन प्रवद्र्धनमा सम्पूर्ण राज्य संयन्त्र एवं सरोकारवाला एकजुट हुन जरुरी रहेको बताएकी हुन् ।
भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन उहाले आह्वान पनि गरिन् ।
उनले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भई काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् ।