खबरमञ्च, विर्तामोडः मिस ग्राण्ड झापा २०१६ को उपाधि विर्तामोड झापाकी समीक्षा खतिवडाले हात पारेकी छिन् । उनले ४१ हजार नगद पुरस्कारका साथै विभिन्न म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन् । संगै दर्जनौं संघसंस्थाले प्रदान गरेका आकर्षक गिफ्ट ह्याम्पर हात पारेकी छिन् ।
आइतबार राति भएको प्रतियोगिताको फाइनलमा विर्तामोडकै सुस्मिता बस्नेत फस्र्ट रनरअप भइन् । उनले २५ हजार नगद पुरस्कारका साथै आकर्षक गिफ्ट ह्याम्पर हात पारिन् । प्रतियोगितामा काँकरभिट्टा झापाकी निशा गुरुङ सेकेण्ड रनरअप भइन् । उनले नगद १५ हजार हात पारिन् ।
विर्तामोडमा रहेको ग्रिसा एण्ड कम्पनीले उक्त प्रतियोगिताको आयोजना गरेको हो आयोजक संस्थाका पवन खतिवडाले जानकारी दिए । प्रतियोगितामा जम्मा १६ जना सहभागी थिए । झापाका विभिन्न स्थानमा विभिन्न चरण लिएको अडिसनपछि १६ जना प्रतियोगी ग्राण्ड फिनालेका लागि छानिएका कार्यक्रम संयोजक दिपेन चौधरीले बताए ।