Author: खबरमञ्च

झापा- जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारको गोली फेला परेको छ । हिजो दिउँसो ३ः४५ बजे दमक ८ अर्गानिक कृषि भवनको पूर्वपट्टी गेटछेउमा ढुंगाको चेपमा कालो प्लाष्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा इन्सास राईफलको २१ राउण्ड गोली फेला परेको हो । उक्त गोली इप्रका दमकबाट जेनजी आन्दोलनको क्रममा लुटिएको प्रहरीले जनाएको छ ।

Read More

झापा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘जेनजी’ आन्दोलनपछि पहिलो पटक आफ्नो गृहजिल्ला झापा आइपुगेका छन्। सोमबार यती एयरलाइन्सको विमानमार्फत उनी झापा ओर्लिएका हुन्। जेनजी आन्दोलनका क्रममा सरकारले उनीमाथि लगाएको स्थानहद (उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध) फुकुवा भएपछि यो उनको पहिलो जिल्ला भ्रमण हो। लामो समय काठमाडौँ उपत्यकामा सीमित रहेका ओलीलाई सरकारले काठमाडौँ उपत्यका बाहिर जान रोक लगाएको थियो। प्रतिबन्ध हटेसँगै चुनावी सरगर्मी बढेको बेला उनी झापा पुग्दा स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्। उनी विमानस्थलबाट सिधै कार्यकर्ता भेटघाट र चुनावी तयारीका लागि दमकतर्फ प्रस्थान गरेका छन्। अध्यक्ष ओली आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन र…

Read More

झापा- झापाको बिर्तामोडमा आयोजना हुने सातौँ संस्करणको ‘झापा गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेहरूको संख्यामा उत्साहजनक वृद्धि भएको छ। आयोजक समितिका अनुसार हालसम्म एक सयभन्दा बढी व्यक्तिहरूले नयाँ सदस्यता प्राप्त गरिसकेका छन्। गोल्डकपका अध्यक्ष केदार गिरीका अनुसार पुस महिनादेखि सुरु गरिएको यस अभियानमा झापा मात्र नभई देशभर र विदेशमा रहेका नेपालीहरूले समेत रुचि देखाएका छन्। सदस्यताका लागि पुरुषको हकमा १५ हजार र महिलाका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। यो अभियान गोल्डकपलाई दीर्घकालीन रूपमा व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले अघि सारिएको हो। आगामी माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुने यस प्रतियोगितामा नेपालका तीन…

Read More

झापा— झापाको बिर्तामोडमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित हर्चना टोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भद्रपुरका ३६ वर्षीय सुदिर निरौलाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति करिब ८:१५ बजे सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१-०१-०१४ प ५११९ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर चालक निरौला गम्भीर घाइते भएका थिए। घाइते निरौलालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएपछि उपचारकै क्रममा राति ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Read More

काठमाडौँ- निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिँदै दलको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको हो। यससँगै लामो समयदेखि जारी नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादले नयाँ मोड लिएको छ। आयोगको यो निर्णयपछि अब गगन थापाले आधिकारिक सभापतिको रूपमा पार्टीको बागडोर सम्हाल्ने बाटो खुलेको छ। आयोगको यो निर्णयपछि नेपाली कांग्रेसको आधिकारिक चुनाव चिह्न ‘रुख’ र पार्टीको झण्डा गगन थापा नेतृत्वको कार्यसमितिको मातहतमा रहनेछ। आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचनमा पनि अब थापा नेतृत्वकै कांग्रेसले भाग लिने सुनिश्चित भएको छ।

Read More

झापा- झापाको दमकमा ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार प्रहरीले फेला पारेको छ। शुक्रबार बिहान दमक नगरपालिका वडा नं. १ स्थित सुकुम्बासी बस्तीमा रहेको डेकबहादुर थापाको घरबाट उक्त हतियार बरामद गरिएको हो। विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले थापाको घरमा छापा मारेको थियो। जस्ताको बेरा र छानो भएको टहराभित्र खानतलासी गर्दा भुइँमा बालुवाले पुरेर लुकाइराखेको अवस्थामा सर्टगनको बटको भाग (नम्बर १३२०४४७) फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उक्त हतियार गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयबाटै लुटिएको पुष्टि भएको छ। प्रहरीले…

Read More

काठमाडौँ- नेपाली कांग्रेस (देउवा समूह) का कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले कुनै पनि किसिमको दबाब वा प्रभावमा परेर निर्णय गरेमा आफ्नो पार्टी देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै सचेत गराएका हुन्। खड्काले निर्वाचन आयोगले संविधान र प्रचलित विधि-विधानभन्दा बाहिर गएर निर्णय नगर्नेमा आफूहरू आशावादी रहेको भए पनि केही शंका उब्जिएको बताए। लोकतन्त्रमाथि संकट आउन लागेको संकेत गर्दै उनले भने, “लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै दबाब र प्रभावमा निर्णय भयो भने कांग्रेस चुप लागेर बस्दैन, हामी आन्दोलनमा जान बाध्य हुनेछौँ।” यसैगरी, खड्काले भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई…

Read More

झापा- आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले यस क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेसँगै चुनावी माहौल तातेको हो।  बालेनको उम्मेदवारी व्यवस्थापनका लागि नवीन भण्डारी र निश्चल बस्नेतसहितको टोली हिजो नै दमक आइपुगेको छ। बालेन शाह आफैँ भने आगामी माघ ६ गते उम्मेदवारी दर्ताका लागि दमक आउने कार्यक्रम तय भएको छ। उनी र उनको टोली बस्नका लागि दमकमा तीनवटा घर भाडामा लिएको रास्वपाका नेताहरूले बताएका छन। एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गढ मानिने झापा ५ मा यसपटकको प्रतिस्पर्धा निकै…

Read More

झापा- आगामी निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएको छ। नेपाली राजनीतिको ‘पावर सेन्टर’ मानिने झापामा योसँगै चुनावी सरगर्मी बढेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति भद्रपुर (क्षेत्र नं. ३) मा स्थापना गरिएको छ। यस्तै, क्षेत्र नं. १ को मेचीनगर, २ को अर्जुनधारा, ४ को कनकाई र ५ को दमकस्थित कृषि केन्द्रमा कार्यालय सञ्चालनमा आएका छन्। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश उमेशप्रसाद लुइटेलले भद्रपुरमा कार्यालय उद्घाटन गर्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबैको सहयोग मागे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइने…

Read More

झापा- बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्। बिहीबार साँझ ७:५० बजे बिर्तामोड–५ स्थित सिटी सेन्टर नजिकै पूर्व-पश्चिम लोकमार्गमा उक्त दुर्घटना भएको हो। बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए। दुर्घटनालगत्तै मोटरसाइकलमा आगलागी भएको थियो, जसका कारण मोटरसाइकलको नम्बर खुल्न सकेको छैन। आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको छ। प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक हल्दिवारी–४ निवासी ३२ वर्षीय खगेन्द्र मगर र पछाडि सवार उनकी २५ वर्षीया श्रीमती सुकमाया तामाङ गम्भीर घाइते…

Read More