झापा- जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारको गोली फेला परेको छ ।
हिजो दिउँसो ३ः४५ बजे दमक ८ अर्गानिक कृषि भवनको पूर्वपट्टी गेटछेउमा ढुंगाको चेपमा कालो प्लाष्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा इन्सास राईफलको २१ राउण्ड गोली फेला परेको हो ।
उक्त गोली इप्रका दमकबाट जेनजी आन्दोलनको क्रममा लुटिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
