Author: खबरमञ्च
झापा- जिल्ला प्रशासन कार्यालय झापाले आज राति ८:३० बजेदेखि भोलि बिहान १०:०० बजेसम्म विर्तामोड नगरपालिकाका चार किल्ला तोकी सो सीमाभित्र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जारी गरेको आदेशअनुसार कर्फ्यु लागेको समयमा आवतजावत, सभा, जुलुस, प्रदर्शन, भेला र धर्ना गर्न निषेध गरिएको छ । कर्फ्युको सीमा पूर्वमा विर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा रामचौक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड तोकिएको छ । जेनजीको प्रदर्शन साँझसम्म पनि जारी रहेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
झापा- झापाको बिर्तामोड नगरपालिकामा पनि जेनजी प्रदर्शकारीमाथि प्रहरीले गोली चलाएको छ। केही व्यक्ति घाइते भएका छन्। आन्दोलनकारीले बिर्तामोड नगरपालिका कार्यालयमा आगजनी गरेका छन् प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको छ। बिर्तामोड क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीको तैनाथी बढाइएको छ।
काठमाडौँ- इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत आग्रह गरेको छ । विभागले नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । त्यस्तै, सुनसरी जिल्लाको सार्दु खोला, मदन भण्डारी राजमार्गको जलमापन केन्द्रमा जलसतह केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचना मार्फत सचेत गराएको…
काठमाडौँ- संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियडमा नैतिक रूपमा जिम्मेवारी लिँदै मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्। उनले २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा देशभक्तिलाई दण्डित गर्ने प्रचलन नेपालमा काजी भीम मल्लकै पालादेखि रहिआएको भनेको उद्धृत गर्दै आफू पनि त्यही श्रृंखलामा एक अर्को पात्र बनेको बताए। ‘म कृष्णप्रसाद भट्टराईको अनुयायी हुँ, पदलाई भन्दा प्रश्नलाई बढी महत्त्वपूर्ण ठान्छु,’ उनले भने। राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका हिसाबले आफूले जिम्मेवारी लिँदै हाँसीहाँसी राजीनामा दिएको उनले प्रतिनिधिसभा बैठकमा बताए। उनले यस प्रकरणमा आफूलाई नखाएको विष लागेको…
झापा- इलामको पशुपतिनगर नाकाबाट भित्रिएको १५कार्टुन सिक्किमे रक्सी झापाको बुद्धशान्तिमा बरामद गरिएको छ । तीन दिनअघि बुद्धशान्ति ४ बर्नेस्थित मेची राजमार्गमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले इलामबाट झापातर्फ आउँदै गरेका बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेको सिक्किमे गोल्ड मेलोन ब्राण्डी नामक अबैध रक्सी १८० पिस (१५कार्टुन) बरामद भएको थियो । अन्दाजी ६१ हजार ६३२ रुपैयाँ बराबरको सो रक्सी आवश्यक कारवाहीको लागि हिजो आन्तरिक राजश्व कार्यालय भद्रपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उत्तरकाशी, भारत- भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) पछि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। यस घटनामा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार बाढीसँगै आएको लेदोले भौतिक संरचनाहरूमा समेत व्यापक क्षति पुगेको छ। यसबाट गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै यस विषयमा वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र परिस्थितिको नजिकबाट निगरानी गरिरहेको बताएका छन्। हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको धराली गाउँमा आरीघोप्टे वर्षाका कारण खीर गढ…
काठमाडौँ- पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग रु २८ लाख धरौटी माग गरेको थियो । उच्च अदालतले प्रसाईलाई तीनकुने घटनाका सम्बन्धमा रु तीन लाख र बैंकिङ कसुर मुद्दामा रु २५ लाख धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीराज श्रेष्ठको संयुक्त इजलाशले प्रसाईसहित सुशील बराल, डण्डपाणि रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमलाई धरौटी माग गरेको थियो । काठमाडौँ जिल्ला अदालतले यसअघि प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, बज्यान मार्ने…
झापा- झापाको बुद्धशान्ति गाउँपालिकाले ‘बुद्धशान्ति साप्ताहिक’ नामक एक सामाजिक सञ्जाल फेसबुक पेजविरुद्ध कानुनी कारबाही अघि बढाएको छ। गाउँपालिकाका पदाधिकारी र कर्मचारीमाथि पटक-पटक नकारात्मक, भ्रामक र तथ्यहीन पोस्टहरू गरेको भन्दै गाउँ कार्यपालिकाले प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको हो। गाउँपालिकाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा ‘बुद्धशान्ति साप्ताहिक’ नामक ‘सञ्चार माध्यम जस्तो देखिने’ फेसबुक पेजका पोस्टहरूले सर्वसाधारणमा भ्रम सिर्जना गरेको र समग्र स्थानीय सरकारप्रति जनताको विश्वसनीयतामा आँच पुर्याएको उल्लेख गरेको छ। यस विषयमा गाउँपालिकाले तीन मुख्य बुँदाहरूमा स्पष्टीकरण दिएको छ: १. सर्जमिन मुचुल्का जालसाजी प्रकरण: विज्ञप्तिअनुसार, मिति २०८२/०२/०५ गते बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थायी ठेगाना भएका निवेदक…
झापा- विर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका बिक्री केन्द्रहरू प्रभावकारी बनेका छन् । नगरका विभिन्न वडामा सात वटा सुपथ मूल्यका बिक्री केन्द्र र विर्तामोडमा मुख्य सङ्कलन केन्द्र सञ्चालन गर्दै आइएको नगर कार्यालयले जनाएको छ । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी सङ्कलन केन्द्रमा जम्मा भएर पसलमार्फत बिक्री हुने गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख राजेन्द्र प्रसाद कडरियाले बताए। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु ७३ लाख २३ हजार ५४० मूल्य बराबरको २७६ मेट्रिक टन तरकारी सङ्कलन भएको थियो । नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोकेर उक्त मूल्य नपाएमा क्षतिपूर्तिबापत रकम भुक्तानी दिने गरेको छ ।…
काठमाडौँ- नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवाह प्रथालाई पुनःस्थापित गर्ने भएकाले तत्काल सोसम्बन्धी प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो । “प्रस्तावित व्यवस्थामा ‘कुनै पुरुषले वैवाहिकसम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासँग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछ’ भन्ने प्रावधान राखिएको छ । जसले बहुविवाह जस्तो फौजदारी अपराधलाई वैधानिकता दिने स्पष्ट…