काठमाडौँ- निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको छ।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिँदै दलको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको हो।
यससँगै लामो समयदेखि जारी नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादले नयाँ मोड लिएको छ। आयोगको यो निर्णयपछि अब गगन थापाले आधिकारिक सभापतिको रूपमा पार्टीको बागडोर सम्हाल्ने बाटो खुलेको छ।
आयोगको यो निर्णयपछि नेपाली कांग्रेसको आधिकारिक चुनाव चिह्न ‘रुख’ र पार्टीको झण्डा गगन थापा नेतृत्वको कार्यसमितिको मातहतमा रहनेछ।
आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचनमा पनि अब थापा नेतृत्वकै कांग्रेसले भाग लिने सुनिश्चित भएको छ।
Facebook Comments Box
