Author: admin

झापा । झापाको बिर्तामोड नगरपालिकाले बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउनका लागि सात दिनको अल्टिमेटम दिएको छ । आइतबार नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र हट्न बिर्तामोडका फुटपाथ व्यापारीलाई अल्टिमेटम दिएको हो । बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको थियो । नगरपालिकाले बिर्तामोडमा फुटपाथ व्यवसायका कारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो । बैठकले बजारक्षेत्र भित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले यसप्रकारको कार्यलाई पनि हटाउने निर्णय गरेको छ । बिर्तामोडको भद्रपुर…

Read More

काठमाडौं। प्रतिनिधि सभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग सिफारिस छलफलका लागि समितिमा पठाएको छ। समितिले बढीमा अबको ३ महिनाभित्र उक्त महाभियोग माथि छानिबन गर्नेछ। छानबिनको क्रममा जबरामाथि लगाइएका आरोपबारे समितिले जबरासँग सोधपुछसमेत गर्न सक्नेछ। तर जबराले पेश गरेको सफाई सन्तोषजनक नभएमा वा तोकिएको समयभित्र उनी समितिमा उपस्थित नभएमा सिफारिस समितिले आफ्नो सिफारिस सहितको प्रतिवेदन सदनमा लैजानेछ।

Read More

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थीत राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गभर्नर अधिकारी एमालेको अर्थ बिभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरुले प्रदर्शन गर्न खोजेका थिए । प्रदर्शनकारीले एम अधिकारी राजिनामा दे, नालायक गभर्नर मुर्दावाद लगायत नारा लगाएका थिए ।

Read More

काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्ध निहीत अभीष्ट पूरा गर्न महाभियोग प्रस्ताव लगाइएको बताएका छन्। आइतबार प्रतिनिधसभाको बैठकमा बोल्दै अधिकारीले संसदको कार्यकाल सकिने बेला छलफलका लागि प्रस्ताव अगाडि बढाइएकोले पनि यसको पुष्टि भएको उनले बताए। महाभियोग सिफारिस समितिको बैठक बसेर तीन महिनाभित्र प्रतिवेदन दिनुपर्ने भए पनि त्यो समय नहुँदै प्रस्तावलाई छलफलका लागि अगाडि बढाइएको उनले बताए। ‘सभामुख महोदय महाभियोग प्रस्तावमाथि छलफल गर्न अब समय नै छैन, कुनै अभीष्ट पूरा गर्ने उद्देश्यले महाभियोग प्रस्ताव ल्याइएको प्रष्ट भइसकेको छ,’ उनले भने,‘यस्तो काम अबदेखि नहोस्।’

Read More

काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढेको छ। आइतबार उक्त प्रस्तावमाथिको छलफलसँगै प्रक्रिया अगाडि बढेको हो। यतिबेला प्रतिनिधि सभामा उक्त प्रस्तामाथि छलफल भइरहेको छ। सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा निलम्बनमा परेका थिए ।

Read More

काठमाडौं। नेकपा एमालेका उपमहासचिव चुनाव घोषणा भएसँगै सरकार कामचलाउ भइसकेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कामचलाउ भइसकेकोले सरकारले संसदमा नियमित बिजनेस ल्याउन नमिल्ने बताएका हुन्।‘निर्वाचनको घोषणा भइसकेपछि सरकार कामचलाउ भइसक्यो, कामचलाउ भइसकेको सरकारले संसदलाई बिजनेस दिन मिल्छ र सभामुख महोदय?,’ ज्ञवालीले प्रश्न गरे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन सरकारले गरेको ढिलाइप्रति उनले आपत्ति जनाएका छन्।‘फागुनमै महाभियोग दर्ता भयो, तीन महिनामै छिनोफानो हुनुपर्दथ्यो। समिति गठन भएको तीन महिना हो कि बिजनेस दिएपछि, यो गम्भीर प्रश्न हो,’ ज्ञवालीले भने,‘दिनभर त यो सरकार सुतेर बस्यो। अब सदनले तीन महिना पाउँछ कि पाउँदैन्?’ उनले जबराविरूद्ध राजनीतिक प्रतिशोध साध्न महाभियोग प्रस्ताव…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १२९ रुपैयाँ ४० पैसा तथा बिक्री दर १३० रुपैयाँ ०२ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५३ रुपैयाँ ४३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

Read More

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने छ । साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भइसकेका दलहरुलाई मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन र दलको केन्द्रीय तथा प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ । दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधि सभा सदस्यका…

Read More

काठमाडौं । स्वतन्त्रका नाममा राजनीति गर्नेहरू भँडुवा भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन आग्रह गरेका छन् । पार्टीको प्रदेश कमिटी १ ले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले त्यस्तो आरोप लगाएका हुन् । उनले २३ सिटमा खुम्चिएको काँग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट बामपन्थी शक्ति सिध्याउने गरी काँग्रेसलाई साथ दिएको जिकिरसमेत गरे । कार्यक्रममा विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिँदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उनको जिकिर थियो ।

Read More

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा। गोविन्द केसीले आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। डा. केसीले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नसमेत माग गरेका छन्। उनले भने, ‘हामीले शेरबहादुर देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौं। हाम्रा मागहरु आगामी तीन साताको अवधिमा पूरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौं।’

Read More