काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थीत राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गभर्नर अधिकारी एमालेको अर्थ बिभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरुले प्रदर्शन गर्न खोजेका थिए ।
प्रदर्शनकारीले एम अधिकारी राजिनामा दे, नालायक गभर्नर मुर्दावाद लगायत नारा लगाएका थिए ।
Facebook Comments Box