काठमाडौं। प्रतिनिधि सभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग सिफारिस छलफलका लागि समितिमा पठाएको छ।
समितिले बढीमा अबको ३ महिनाभित्र उक्त महाभियोग माथि छानिबन गर्नेछ। छानबिनको क्रममा जबरामाथि लगाइएका आरोपबारे समितिले जबरासँग सोधपुछसमेत गर्न सक्नेछ।
तर जबराले पेश गरेको सफाई सन्तोषजनक नभएमा वा तोकिएको समयभित्र उनी समितिमा उपस्थित नभएमा सिफारिस समितिले आफ्नो सिफारिस सहितको प्रतिवेदन सदनमा लैजानेछ।
Facebook Comments Box