काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा। गोविन्द केसीले आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
डा. केसीले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नसमेत माग गरेका छन्।
उनले भने, ‘हामीले शेरबहादुर देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौं। हाम्रा मागहरु आगामी तीन साताको अवधिमा पूरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौं।’
Facebook Comments Box