बिर्तामोड- मस्तिष्क तथा स्नायु रोग (Neuro) सम्बन्धी उपचार खोजिरहेका पूर्वी नेपालका बिरामीहरूलाई लक्षित गर्दै एक महत्वपूर्ण सेवा विस्तार भएको छ।
देशकै वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन तथा न्युरो इन्टरभेन्सनिष्ट डा. करुणा ताम्राकार कार्कीले अब बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडमा नियमित रूपमा सेवा दिने भएकी छिन्।
न्युरो सर्जरी र टाउको नखोली गरिने जटिल न्युरो इन्टरभेन्सन प्रक्रियाहरूमा विशेषज्ञता हासिल गरेकी डा. कार्कीको उपस्थितिबाट यस क्षेत्रका बिरामीले काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ।
अस्पताल प्रशासनका अनुसार, डा. कार्कीको विशिष्ट सेवा निम्न तालिका अनुसार उपलब्ध हुनेछ:
आइतबार बाहेक प्रत्येक दिन बिहान ८:०० बजेदेखि बिहान ९:३० बजेसम्म
मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोड।
अस्पतालले न्यूरो सम्बन्धी कुनै पनि समस्या भएका बिरामीहरूलाई निर्धारित समयभित्र सेवा लिन अग्रिम टिकट बुकिङ गर्नसमेत अनुरोध गरेको छ।
डा. कार्कीको यो सेवा विस्तारले झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायत पूर्वी तराई तथा पहाडी जिल्लाका लाखौं बासिन्दाहरूलाई उच्चस्तरीय स्नायु उपचार सेवामा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।
