Author: खबरमञ्च
झापा- झापाको दमक नगरपालिका वडा नं. ४ चिया दोकानस्थित एक फर्निचर उद्योगमा काम गर्ने क्रममा मेसिनले हात काटिएर एक कामदार गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब ६:१५ बजेको समयमा स्थानीय युवराज बुढाथोकीले सञ्चालन गरेको न्यु पाथिभरा फर्निचर उद्योगमा उक्त दुर्घटना भएको हो। घाइते हुनेमा मोरङको रतुवामाई नगरपालिका वडा नं. ४ बस्ने ४० वर्षीय विर बहादुर ताजपुरिया रहेका छन्। उद्योगमा काठ चिर्ने क्रममा अचानक मेसिनले भेट्दा उनको बायाँ हात काटिएर शरीरबाट छुट्टिएको (चुडिएको) प्रहरीले जनाएको छ। दुर्घटना लगतै उनलाई उद्धार गरी उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचार गरे पश्चात थप उपचार र शल्यक्रियाका लागि उनलाई विराटनगरस्थित…
झापा- मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १०ः०० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले राति १०ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेलसमेत घाइते…
झापा- झापाको दमकमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो ३ः४३ बजे दमक १ सूर्योदय टोल बस्ने ५७ वर्षीय हर्कबहादुर कुमालको काठ र टिनले बनेको एकतले कच्ची घरमा विद्युत सर्ट भई आगलागी भएको थियो । नजिकै रहेको उनका भाइ ५० वर्षीय हरिबहादुर कुमालको काठले बनेको टिनको छानो भएको एकतले कच्ची घरमा समेत उक्त आगो सल्किएको थियो । दुबै घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिव ७ लाख बराबरको क्षति भएको छ । हर्कबहादुर कुमालको घरभित्र रहेको आधा तोला सुन,खाद्यान्न लत्ताकपडा, फर्निचर जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ भने उनका भाइ हरिबहादुर कुमालको घरभित्र रहेको खाद्यान्न,…
झापा- झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले आफ्नो २३औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। सो अवसरमा एकेडेमीले एभिन्युज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइनका सम्पादक सन्तोष न्यौपानेलाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको छ। दुई दशकदेखि पत्रकारितामा सक्रिय न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ र प्रिन्सिपल देवेन्द्र हुमागाईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे। वार्षिकोत्सवका अवसरमा विद्यालयले शिक्षासेवी, उत्कृष्ट शिक्षक, अभिभावक र जेहेन्दार विद्यार्थीहरूलाई समेत पुरस्कृत गरेको छ। सम्मानित हुनेहरूमा शिक्षासेवी गौतम शर्मा शिवाकोटी, उत्कृष्ट शिक्षकहरू केवल सापकोटा र नोयल परेरा, तथा उत्कृष्ट अभिभावक मदनगोपाल सुब्बा र मेनुका ओली लोहनी रहेका छन्। त्यसैगरी, शैक्षिक…
काठमाडौँ- झापाको भद्रपुरमा जारी ‘झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव’ प्रहरी र प्रशासनको असहयोगका कारण निर्धारित समयअगावै स्थगित भएको छ । झापा उद्योग वाणिज्य संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ २२ गतेसम्म सञ्चालन हुने तय भएको महोत्सव प्रशासनको दबाब र प्रहरीको अमर्यादित व्यवहारका कारण रोक्न बाध्य भएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय झापाले सुरुमा समय सीमा नतोके पनि पछि हठात रूपमा महोत्सव राति ७ बजे नै बन्द गर्न निर्देशन दिएको थियो। आयोजक र राजनीतिक दलहरूको पटक-पटकको आग्रहपछि समय बढाएर ९ बजेसम्म पुर्याइए पनि प्रहरीले सो समयअगावै साउण्ड सिस्टमको प्लग तान्ने, पिङबाट सर्वसाधारणलाई ओराल्ने र आयोजकलाई मानसिक तनाव…
झापा- झापाको बिर्तामोड–२, दाहाल गाउँमा रहेको इन्जिनियरिङ कलेज, सहिद स्मृति प्रतिष्ठानले शुक्रबार एक विशेष विज्ञान प्रदर्शनीको आयोजना गरेको छ। सहिद दिवसको अवसरलाई विशेष बनाउने उद्देश्यका साथ प्रतिष्ठानले यो कार्यक्रम आयोजना गरेको हो। प्रदर्शनीमा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो प्राविधिक सीप र सिर्जना प्रस्तुत गरेका थिए। उनीहरूले विभिन्न समूहमा विभाजित भई विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका पछिल्ला विकासक्रम र नवीनतम् प्रविधिलाई आधार बनाएर विभिन्न शैक्षिक तथा प्रयोगात्मक सामग्रीहरू निर्माण गरी प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको हौसला बढाउन प्रदर्शनीमा प्रतिस्पर्धा समेत गराइएको थियो। प्रतिस्पर्धामा उत्कृष्ट सामग्री निर्माण गर्ने समूहहरूलाई पुरस्कृत गरिएको थियो, जसअन्तर्गत समूह ‘बी’ प्रथम, समूह ‘ए’ दोस्रो र समूह ‘सी’ तेस्रो स्थान…
झापा- मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’ को सातौँ संस्करण यही माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने भएको छ । फागुन ४ गतेसम्म चल्ने यस वर्षको प्रतियोगितालाई ‘एक्स्ट्रम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण’ का रूपमा आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित यस संस्करणमा पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । आयोजकका अनुसार यस वर्षको विजेता टोलीले नगद १५ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’ लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता,…
झापा- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आगामी निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने र देश थप दुर्घटनातर्फ जाने दाबी गरेका छन्। शुक्रबार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भुसालले चुनावले मुलुकको समस्या समाधान गर्नुपर्ने भए पनि वर्तमान अवस्थामा त्यो सम्भव नदेखिएको बताए। पार्टीहरूको कार्यशैलीप्रति कडा आलोचना गर्दै भुसालले ‘जेनजी’ आन्दोलनले दिएको सन्देशपछि पनि राजनीतिक दलहरूमा कुनै सुधार नआएको टिप्पणी गरे। उनले पुराना पार्टीहरू ‘नालायक’ सावित भएको र उनीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए। नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रहार गर्दै भुसालले यसलाई ‘भूइँफुट्टा’ पार्टीको संज्ञा दिए। उनले भने, “रास्वपाको न कुनै निश्चित…
काठमाडौँ- विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना…
झापा- आगामी फागुन २१ गते हुने चुनावी कार्यक्रम अन्तर्गत झापा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको घरदैलो कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले रोकेको छ। बिहीबार बिहान काँकरभिट्टा क्षेत्रमा घरदैलो भइरहेको स्थानमा प्रहरी पुगेर प्रशासनको आदेश भन्दै कार्यक्रममा रोक लगाएको हो। रास्वपाका क्षेत्रीय निर्वाचन परिचालन समितिका सदस्यहरूका अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम कार्यक्रम रोक्न भनिएको जानकारी गराएको थियो। जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भएकाले उक्त कदम चाल्नु परेको स्पष्ट पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार आचारसंहिता उल्लंघन गरी प्रचारप्रसार गरिएको र विभिन्न स्थानमा मापदण्ड विपरीतका ब्यानरहरू राखिएकाले तिनलाई हटाउनुका साथै…