काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्ध निहीत अभीष्ट पूरा गर्न महाभियोग प्रस्ताव लगाइएको बताएका छन्।
आइतबार प्रतिनिधसभाको बैठकमा बोल्दै अधिकारीले संसदको कार्यकाल सकिने बेला छलफलका लागि प्रस्ताव अगाडि बढाइएकोले पनि यसको पुष्टि भएको उनले बताए।
महाभियोग सिफारिस समितिको बैठक बसेर तीन महिनाभित्र प्रतिवेदन दिनुपर्ने भए पनि त्यो समय नहुँदै प्रस्तावलाई छलफलका लागि अगाडि बढाइएको उनले बताए।
‘सभामुख महोदय महाभियोग प्रस्तावमाथि छलफल गर्न अब समय नै छैन, कुनै अभीष्ट पूरा गर्ने उद्देश्यले महाभियोग प्रस्ताव ल्याइएको प्रष्ट भइसकेको छ,’ उनले भने,‘यस्तो काम अबदेखि नहोस्।’
Facebook Comments Box