काठमाडौं । स्वतन्त्रका नाममा राजनीति गर्नेहरू भँडुवा भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन आग्रह गरेका छन् ।
पार्टीको प्रदेश कमिटी १ ले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले त्यस्तो आरोप लगाएका हुन् ।
उनले २३ सिटमा खुम्चिएको काँग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट बामपन्थी शक्ति सिध्याउने गरी काँग्रेसलाई साथ दिएको जिकिरसमेत गरे ।
कार्यक्रममा विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिँदैन भनेर स्वतन्त्र भनिएकाहरुले देश बिगार्न लागेको उनको जिकिर थियो ।
Facebook Comments Box