काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ ।
दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने छ ।
साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भइसकेका दलहरुलाई मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने आयोगले जनाएको छ ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन र दलको केन्द्रीय तथा प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ ।
दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधि सभा सदस्यका लागि छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने पनि आयोगले जनाएको छ ।
Facebook Comments Box