Author: admin
काठमाण्डाैं । अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । नेपाल समाचार पत्र दैनिकमा समाचार छ। फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो। यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन्। उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आएकी छिन्। दक्षिण एशियामा सबैभन्दा शक्तिशाली महिलाका रुपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाकारुपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा परेकी छिन्।
वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काडमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मंगबार बिहान २ बजे ३७ मिनेटमा निधन भएको हो ।
केर्खा । झापाको तोपगाछी गाविस–७, बगाने टोलका मृगौला पीडित घनश्याम विश्वकर्माको उपचारका लागि झापाली समाज, यूएईले आर्थिक सहयोग सहयोग गरेको छ । सोमबार केर्खाको शहीद धर्मभक्त उच्च माविमा भएको एक कार्यक्रमका बीच समाजका प्रतिनिधिहरुले २५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । दुवै मृगौला विग्रिएर काम नगर्ने अवस्थामा पुगेपछि उपचारका लागि आर्थिक अभाव हुँदा उनले सहयोगको लागि सबैसँग अपिल गरेका थिए । त्यसपछि, वैदेशिक रोजगारीको क्रममा यूएईमा कार्यरत झापालीहरुको समूहले उनीलाई सहयोग गरेको हो । सहयोग वितरण कार्यक्रममा प्रमुख अतिथि तथा झापाली समाज यूएइका नेपाल प्रतिनिधि भूपाल शिवोकाटी, केन्द्रीय सदस्य नारायण के भट्टराईं, हरी कटुवाल र तोपगाछीका…
भद्रपुर, जेठ २४ । भद्रपुर स्थित मेची रंगशाला भित्र रहेकाे कबर्ड हलकाे घेराबारा तथा साे काे लागि साैचालय सहितकाे चेन्जिङ रुम निर्माण गर्न दिपेश ढकालकाे अध्यक्षतामा ९ सदस्यीय उपभाेक्ता समिति गठन गरिएकाे छ । गठित समितिकाे उपाध्यक्ष, सचिव र काेषाध्यक्षमा क्रमश: नितेश बर्मा , हेडम्ब राज निराैला र अादित्य पराजुली रहेका छन् । त्यस्तै अन्य सदस्यहरु सबिता श्रेष्ठ, निरज पराजुली , लाेकबन्धु ढुङगाना,प्रज्वल राई तथा मन्तु लिङ्देन रहेका छन् । खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाकाे अध्यक्षतामा गठित समितिमा ७ सदस्यीय अनुगमन समिति समेत गठन गरिएकाे छ । साे कमिटीकाे संयाेजकमा दुर्गा भट्टराई तथा टिका राज ढकाल, जिवन श्रेष्ठ,…
आगामी निर्वाचनमा राप्रपा नेपालले बहुमत पाए धर्मनिरपेक्षता लगायतका विषयमा आफ्नो पार्टीले राखेको विमतीमा परिवर्तन गर्ने समेत उनले बताए । उनले भने, ‘राप्रपा नेपालले एकपल्टको चुनावमा हार्दैमा मूल एजेन्डा हिन्दु राष्ट्रको एजेन्डा हराउँदैन ।’
विर्तामोडमा जतिवटा सार्वजनिक कार्यक्रम हुन्छन् राष्ट्रिय बाणिज्य बैंक अगाडि सडकको छेउमै हुन्छन् । केही दिन अघि प्रहरी लगायत विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रम पनि त्यही स्थानमा भएको थियो । पूर्व पश्चिम राजमार्ग छेउमा हुने गरेका कार्यक्रमका कारण मानिसको भीडले सवारी साधन आवत जावतमा समेत कठिनाई उत्पन्न हुने गरेको प्रहरीको भनाई छ ।
क्यालिफोर्निया । अमेरिकाका वैज्ञानिकहरूले सुंगुरभित्र मानव अङ्ग विकाश गर्ने प्रक्रिया सुरु गरेका छन् । यसबाट मानव र सुँगुरको ‘काइमेट’ नामक भ्रुण उत्पन्न हुनेछ । यो अध्ययनले विश्वमा भइराखेको अङ्ग प्रत्यारोपणको कमीलाई पूर्णता दिने छ । क्यालिर्फोनिया विश्वविद्यालय समूहका डेभिसका अनुसार उनीहरू देख्दा र व्यवहारमा अन्य सुुँगुरझै देखिने छन् भने एउटा अङ्ग भने मानव कोषको रहने छ । काइमेरा भ्रुणलाई २८ दिन गर्भ नरहदाँसम्म फैलन दिइनेछ । त्यसपछि त्यसको मांशतन्तुको विश्लेषण गरिनेछ । काइमेरा भ्रुण दुई तहमा तयार गरिनेछ । पहिलो भर्खरै ‘र्फटिलाइज’ भएको सुँगुरको कोषबाट डिएनए हटाइनेछ, यसले वंशाणु शून्यता ल्याउनेछ, जसले गर्दा भ्रुणलाई ‘आमाशय’मा असर पुर्याउन रोक्दछ । त्यसपछि मानव…
हैदराबाद । एउटा सुनपसलबाट १० हजार रुपियाँको पोको चोरेर भागेको बाँदरको सिसिटिभीमा कैद भिडियो भारतमा अहिले ‘भाइरल’ भएको छ । भिडियोमा सुनपसल बाहिर बसिरहेको बाँदरलाई कर्मचारीले एक टुक्रा फलफूल दिएको देखिन्छ । एकछिन पछि त त्यो बाँदर ढोका घचेडेर सिधै पैसा राखेको काउन्टरमा पुग्यो । भिडियोमा त्यो भुत्ले बाँदर मजाले कुर्सीमा बसेर रुपियाँको बन्डल निकालेपछि काउन्टरबाट फाल हालेको दखिन्छ । मुखमा रुपियाँ च्यापेर भागेको बाँदरलाई पसलका कर्मचारीले लखेटेको दृश्य भिडियोमा कैद छ । केरा दिएर फकाउन खोज्दा समेत बाँदरले अटेरी गरेर पैसा फिर्ता दिएन । भिडियाे : https://youtu.be/iP_3ULeCdWQ
बिराटनगर। बिराटनगर जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ बिराटनगरमा दुइ दिन म:म बेचेर सतासी हजार (खर्च कटाएर) संकलन गर्न सफल भएको छ । बिराटनगरका बिभिन्न ठाउमा जेसिसका ७० जना स्वयंसेवकहरुले म:म बेच्ने अभियान चलाएका थिए । जेसिसले बुधबार सम्ममा काठमान्डौ गएर उक्त रकम हस्तान्तरण गर्ने जेसिसका अभियानकर्मी अभिनास थापाले बताए । सामाजिक कामको लागि गरिएको उक्त अभियानलाइ बिराटनगरबासीले पूर्ण रुपमा साथ दिएका थिए ।
एजेन्सी, जेठ २४ । विश्व नम्बर एक नोभाक जोकोविचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। विश्व नम्बर दुई बेलायती एण्डी मुर्रेलाई ३–६, ६–१, ६–२ र ६–४ को सेटमा हराउँदै सर्बियाका जोकोविचले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन्। जोकोविच यसअघि तीन पटकसम्म उपविजेतामा सीमित थिए। अहिलेसम्म ६५ वटा एक उपाधि जितेका जोकोविचको यो १२ औं ग्राण्डसलाम उपाधि हो। चार प्रमुख टेनिस प्रतियोगितामा एकल तर्फको उपाधि जित्ने आठौं पुरुष खेलाडी जोकोविचले टेनिसका प्रमुख चार प्रतियोगिता फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन, विम्बल्डन र युएस ओपनमा उपाधि आफ्नो कब्जामा पारेका छन्।