क्यालिफोर्निया । अमेरिकाका वैज्ञानिकहरूले सुंगुरभित्र मानव अङ्ग विकाश गर्ने प्रक्रिया सुरु गरेका छन् ।
यसबाट मानव र सुँगुरको ‘काइमेट’ नामक भ्रुण उत्पन्न हुनेछ । यो अध्ययनले विश्वमा भइराखेको अङ्ग प्रत्यारोपणको कमीलाई पूर्णता दिने छ ।
क्यालिर्फोनिया विश्वविद्यालय समूहका डेभिसका अनुसार उनीहरू देख्दा र व्यवहारमा अन्य सुुँगुरझै देखिने छन् भने एउटा अङ्ग भने मानव कोषको रहने छ । काइमेरा भ्रुणलाई २८ दिन गर्भ नरहदाँसम्म फैलन दिइनेछ ।
त्यसपछि त्यसको मांशतन्तुको विश्लेषण गरिनेछ । काइमेरा भ्रुण दुई तहमा तयार गरिनेछ ।
पहिलो भर्खरै ‘र्फटिलाइज’ भएको सुँगुरको कोषबाट डिएनए हटाइनेछ, यसले वंशाणु शून्यता ल्याउनेछ, जसले गर्दा भ्रुणलाई ‘आमाशय’मा असर पुर्याउन रोक्दछ । त्यसपछि मानव प्रत्यारोपित प्लुरिपोटेन्ट नली भु्रणमा प्रत्यारोपण गरिनेछ ।
यसलाई बस्यक कोषहरुबाट निकालेर फेरि त्यसमै मिलाइन्छ, जसले गर्दा तन्तुहरूमा विकास गर्न मदत पु-याउँछ । जसले गर्दा मानव आमाशयको निमार्ण र विकास हुनेछ ।
वैज्ञानिक प्याब्लो रोसका अनुसार सुँगुरको भ्रुण सामान्य किसिमले नै विकास ह्नेछ तर मानव आमाशय भने मानवमा प्रत्यारोपण गर्न सकिनेछ ।
मानव कोषहरू विकसित हुने सुँगुरको मष्तिस्कमा सर्न सक्ने भन्दै नैतिक विषयलाई लिएर विभिन्न व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन् ।
साभार: बीबीसी