काठमाडौं- भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिका–२ का कम्तीमा १३ र बर्दियाका ४ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत १३ जनाभन्दा बढी सम्पर्कविहीन भएको जानकारी दिँदै नेपाल सरकारलाई भारतसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
बेपत्तामध्येका एक नवीन सिंहले बुबासहित सात जना हराएको जानकारी दिएका छन्।
बर्दियाका प्रमुख जिल्ला अधिकारीले पनि घटना परराष्ट्र मन्त्रालयमार्फत नेपाली दूतावासमा पठाइसकेको जानकारी दिएका छन्।
बाढीमा एक सयभन्दा बढी बेपत्ता र कम्तीमा ५ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपाली दूतावासले भारतीय निकायसँग समन्वय जारी राखेको छ।
Facebook Comments Box
