बिराटनगर। बिराटनगर जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ बिराटनगरमा दुइ दिन म:म बेचेर सतासी हजार (खर्च कटाएर) संकलन गर्न सफल भएको छ ।
बिराटनगरका बिभिन्न ठाउमा जेसिसका ७० जना स्वयंसेवकहरुले म:म बेच्ने अभियान चलाएका थिए । जेसिसले बुधबार सम्ममा काठमान्डौ गएर उक्त रकम हस्तान्तरण गर्ने जेसिसका अभियानकर्मी अभिनास थापाले बताए । सामाजिक कामको लागि गरिएको उक्त अभियानलाइ बिराटनगरबासीले पूर्ण रुपमा साथ दिएका थिए ।
Facebook Comments Box
