एजेन्सी, जेठ २४ ।
विश्व नम्बर एक नोभाक जोकोविचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्।
विश्व नम्बर दुई बेलायती एण्डी मुर्रेलाई ३–६, ६–१, ६–२ र ६–४ को सेटमा हराउँदै सर्बियाका जोकोविचले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन्।
जोकोविच यसअघि तीन पटकसम्म उपविजेतामा सीमित थिए। अहिलेसम्म ६५ वटा एक उपाधि जितेका जोकोविचको यो १२ औं ग्राण्डसलाम उपाधि हो।
चार प्रमुख टेनिस प्रतियोगितामा एकल तर्फको उपाधि जित्ने आठौं पुरुष खेलाडी जोकोविचले टेनिसका प्रमुख चार प्रतियोगिता फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन, विम्बल्डन र युएस ओपनमा उपाधि आफ्नो कब्जामा पारेका छन्।
Facebook Comments Box