भद्रपुर, जेठ २४ ।
भद्रपुर स्थित मेची रंगशाला भित्र रहेकाे कबर्ड हलकाे घेराबारा तथा साे काे लागि साैचालय सहितकाे चेन्जिङ रुम निर्माण गर्न दिपेश ढकालकाे अध्यक्षतामा ९ सदस्यीय उपभाेक्ता समिति गठन गरिएकाे छ ।
गठित समितिकाे उपाध्यक्ष, सचिव र काेषाध्यक्षमा क्रमश: नितेश बर्मा , हेडम्ब राज निराैला र अादित्य पराजुली रहेका छन् । त्यस्तै अन्य सदस्यहरु सबिता श्रेष्ठ, निरज पराजुली , लाेकबन्धु ढुङगाना,प्रज्वल राई तथा मन्तु लिङ्देन रहेका छन् ।
खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाकाे अध्यक्षतामा गठित समितिमा ७ सदस्यीय अनुगमन समिति समेत गठन गरिएकाे छ । साे कमिटीकाे संयाेजकमा दुर्गा भट्टराई तथा टिका राज ढकाल, जिवन श्रेष्ठ, मनाेज सुब्बा, लक्ष्मण पाेख्रेल, हिरा पाेख्रेल तथा गणेश पाेख्रेल सदस्य रहेका छन् ।
Facebook Comments Box