हैदराबाद । एउटा सुनपसलबाट १० हजार रुपियाँको पोको चोरेर भागेको बाँदरको सिसिटिभीमा कैद भिडियो भारतमा अहिले ‘भाइरल’ भएको छ ।
भिडियोमा सुनपसल बाहिर बसिरहेको बाँदरलाई कर्मचारीले एक टुक्रा फलफूल दिएको देखिन्छ । एकछिन पछि त त्यो बाँदर ढोका घचेडेर सिधै पैसा राखेको काउन्टरमा पुग्यो ।
भिडियोमा त्यो भुत्ले बाँदर मजाले कुर्सीमा बसेर रुपियाँको बन्डल निकालेपछि काउन्टरबाट फाल हालेको दखिन्छ । मुखमा रुपियाँ च्यापेर भागेको बाँदरलाई पसलका कर्मचारीले लखेटेको दृश्य भिडियोमा कैद छ ।
केरा दिएर फकाउन खोज्दा समेत बाँदरले अटेरी गरेर पैसा फिर्ता दिएन ।
भिडियाे :
https://youtu.be/iP_3ULeCdWQ
Facebook Comments Box