Author: admin

झापा । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र झापाको चौथो स्थापना दिवस बिहीवार सुरुङ्गाको धनुषकोटीधाममा सम्पन्न भएको छ । साझेदारी संस्थाका प्रतिनिधि मात्र सहभागी गराई केन्द्रले औपचारिक कार्यक्रमसहित वनभोज खाएर  दिवस मनाएको हो । अर्जुनकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा जल सिँचाइ उपभोक्ता महासङ्घ झापा अध्यक्ष विष्णु खतिवडा, सामुदायिक वन उपभोक्ता महासङ्घ झापा अध्यक्ष छत्र पौडेल, सुकेडाँगी सावका उपाध्यक्ष कमल ढकाल लगायतले मन्तव्य राखेका थिए । केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले संस्थाले हालसम्म गरेका गतिविधि तथा भावी दिनमा गर्ने कामका बारेमा जानकारी गराइन् । जिल्ला सहजकर्ता हिमा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन कुमार पौडेलले गरेका थिए । केन्द्रले जल, जमिन र जङ्गलमा…

Read More

बुधबारे ।  झापाको बुधबारे गाविस खुल्ला दिशामुक्त तथा पूर्ण खोप युक्त गाविस घोषणा भएको छ । आज बुधबारे रामजानकी मन्दिरको सभाहलमा एक कार्यक्रम गरी बुधबारेलाई सो घोषणा गरिएको हो । घोषणा सँगै खानेपानी डिभिजन कार्यालय झापाबाट बुधबारे गाविसले नगद दुई लाख ५० हजार रुपैंया सम्मान स्वरुप प्राप्त गरेको छ । गाविस सचिव बासुदेव भट्टराईको अध्यक्षता तथा झापा क्षेत्र न ४ का सांसद प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, झापाका स्थानीय विकास अधिकारी खिलराज ओझा, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख चोकप्रसाद धिताल, जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहता रहेका थिए । स्थानीय राजनीतिक दल, संघसंस्थाका…

Read More

काठमाण्डाैं । धुर्मुससुन्तली फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माणाधिन एकिकृत नमुना बस्तीको लागि सैनिक श्रीमती संघले समेत सहयोगी हात बढाएको छ। फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले रु १४ लाख रकम हस्तान्तरण गरेको हो।   केही समय अमरपन्छी नामक कन्सर्टबाट उठेको रकममध्ये २५ लाख धरहरा निर्माणका लागि हस्तान्तरण गरिएको बाँकी रकम फाउन्डेसनलाई दिइएको संघले जनाएको छ।    कन्सर्टपछि जारी  प्रेस विज्ञप्तीमा भूकम्पपीडितका लागि सहयोग गर्नेबारे कुनै पनि बुँदा उल्लेख नहुँदा संघ आलोचित बनेको थियो।   संघबाट प्राप्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने भन्दै धुर्मुसले खुशी व्यक्त गरे।  

Read More

विर्तामोड । कानून मन्त्री अग्नि खरेलले वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आउँदा मात्र वर्तमान सरकार परिवर्तन हुने उनको भनाई थियो । प्रेस चौतारी नेपाल झापा शाखाले विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण बनेन भने यो सरकार २०७४ साल माघ ७ गतेसम्म रहिरहने बताए । मन्त्री खरेलले भने, ‘अहिले सरकार तलमाथि हुन्छ कि भन्ने अवस्था छैन । ’ राष्ट्रिय सहमतिको लागि एमाले सधैं तयार रहेको भन्दै उनले अगाडि भने, ‘हामी काँडाको बीचमा जन्मियौ, काडाँमा नै हिड्दैँछौ तसर्थ यही सरकारले निरन्तरता पाउँछ ।’ मन्त्री खरेलले वर्तमान सरकारले ल्याएको बजेटका…

Read More

माओवादी कार्यकर्ताले झापाको शान्तिनगर–१ स्थित बर्नेमा एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन् । उनीहरुले पहाडबाट गोलिया लिएर बिर्तामोड आउँदै गरेको ना ३ ख ४६७१ नम्बरको ट्रकमा विहीबार विहानको राति १ बजेर ३० मिनेटमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि शर्माले जानकारी दिए ।

Read More

झापा। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी जेठ २८ गते झापाको दमक आउने भएका छन् । पार्टीको नगर अधिवेशन तथा बिभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री  झापा आउने भएका हुन् । एमाले क्षेत्रीय कमिटिको प्रचारप्रसार बिभागद्धारा बुधबार दमकमा पत्रकार सम्मेलन गरि कार्यक्रमहरुको सम्पूर्ण बिवरणहरु जानकारी गराईएको छ । झापा क्षेत्र नं. ७ का सांसदसमेत रहेका प्रधानमन्त्री  ओलीले दमक नगरको ९ औ अधिवेशनलाई संवोधन गर्नका साथै दमक–६ मा भ्युटावर, दमक–५ बाट मोरङ्को मधुमल्ला जोड्ने स्थानमा मावा खोलाको पुल, दमक–१ बाट लखनपुर–१ हुदै चुलाचुली जोड्ने स्थानमा रतुवा खोलाको पुल, दमक–१५ मा फाल्गुनन्द सभागृहको शिलान्यास गर्ने जनाईएको छ । एमाले झापा…

Read More

१० दिनदेखि बेपत्ता मेचीनगर–८ आदर्श टोली निवासी १८ वर्षिया मनिषा दङ्गाललाई खोजी गरिदिन उनका परिवारले स्थानीय प्रशासनसँग माग गरेका छन् । यति लामो समयसम्म छोरीको कुनै खोजखबर नभएपछि अपहरणमा परेको वा बेचिएको हुनसक्ने भन्दै परिवारले खोजी गरिदिन प्रशासनसँग आग्रह गरेका हुन् ।

Read More

मेचीनगर । बालकल्याण मावि मेचीनगर–८ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बालकल्याण बाल क्लबको आयोजना तथा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा परिक्षण गरिएको थियो । शिविरमा ३ सय ५० जना विद्यार्थीको आँखा परिक्षण गरिएको थियो । जसमा ३६ जना विद्यार्थीमा आँखाको समस्या देखा परेको थियो । उनीहरूलाई नेत्रालयले विषेश छुटका साथ सेवा दिने बताएको छ । बरिष्ट नेत्र अधिकृत कर्णनाथ योगीसहित नेत्र सहायक भुवन पोखरेल र कार्यालय प्रमुख सोमराज घिमिरेको टोलीले आँखाको परिक्षण गरेका थिए । क्लबकी अध्यक्ष मिक्सने लावतीको सभापतित्व तथा नेत्रालयका मेडीकल डाइरेक्टर शरथचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरको उद्घाटन…

Read More

 काठमाडौं ।  नयाँ शक्ति नेपालले पार्टी घोषणा राष्ट्रिय भेलामा सहभागी हुन आउने प्रतिनिधिहरुलाई बिरयानी खुवाउने भएको छ । राष्ट्रिय भेलाको लागि गठित प्रतिनिधि आवास व्यवस्थापन उपसमितिकी संयोजक बलावती शर्माले भन्नुभयो, ‘छलफल सत्रका करिब १ हजार ५ सय प्रतिनिधिलाई नयाँ परिकार बिरयानी खुवाउने तयारी गरिएको छ ।’ पार्टीको दुई दिने छलफल सभामा सहभागी प्रतिनिधिलाई स्वास्थ्य र ताजा खानासहित उचित आवासको व्यवस्था गरिएको शर्माले स्पष्ट गर्नुभयो । शर्माले अगाडि भन्नुभयो, ‘खाजा, खानालगायतका सबै परिकारको खाद्य गुणस्तर जाँच गरेर वितरण गर्नेछौं’ । प्रज्ञा प्रतिष्ठानमा हुने छलफल सत्रका विभिन्न खाना व्यवस्थाको लागि दक्ष स्वयम्सेवक समेत खटाइने शर्माले बताउनुभयो । ‘करीब सात सय प्रतिनिधिलाई ३०, ३१…

Read More