विर्तामोड । कानून मन्त्री अग्नि खरेलले वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आउँदा मात्र वर्तमान सरकार परिवर्तन हुने उनको भनाई थियो ।
प्रेस चौतारी नेपाल झापा शाखाले विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण बनेन भने यो सरकार २०७४ साल माघ ७ गतेसम्म रहिरहने बताए । मन्त्री खरेलले भने, ‘अहिले सरकार तलमाथि हुन्छ कि भन्ने अवस्था छैन । ’
राष्ट्रिय सहमतिको लागि एमाले सधैं तयार रहेको भन्दै उनले अगाडि भने, ‘हामी काँडाको बीचमा जन्मियौ, काडाँमा नै हिड्दैँछौ तसर्थ यही सरकारले निरन्तरता पाउँछ ।’
मन्त्री खरेलले वर्तमान सरकारले ल्याएको बजेटका विषयमा संसदमा एक पटक छलफल भइसकेको र बजेट जनमूखि भएका कारण वर्षे अघिवेशनमा पास हुने बताए ।
‘सरकाले प्रस्तुत गरेको बजेट जनताले आशा गरे अनुरुप भएकाले वर्षे अघिवेशनले पास गर्छ,’ मन्त्री खरेलले भने ।