मेचीनगर । बालकल्याण मावि मेचीनगर–८ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
बालकल्याण बाल क्लबको आयोजना तथा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा परिक्षण गरिएको थियो ।
शिविरमा ३ सय ५० जना विद्यार्थीको आँखा परिक्षण गरिएको थियो । जसमा ३६ जना विद्यार्थीमा आँखाको समस्या देखा परेको थियो । उनीहरूलाई नेत्रालयले विषेश छुटका साथ सेवा दिने बताएको छ । बरिष्ट नेत्र अधिकृत कर्णनाथ योगीसहित नेत्र सहायक भुवन पोखरेल र कार्यालय प्रमुख सोमराज घिमिरेको टोलीले आँखाको परिक्षण गरेका थिए ।
क्लबकी अध्यक्ष मिक्सने लावतीको सभापतित्व तथा नेत्रालयका मेडीकल डाइरेक्टर शरथचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरको उद्घाटन कार्यक्रममा विशेष अतिथि लोकतन्त्र पोष्टका सम्पनदाक मोहन काजी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखरनाथ भण्डारीलगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार पाठक, सहायक प्रधानाध्यापक मञ्जु दाहाल, विद्यालय व्यवस्थापन समितिका सदस्य अनन्तकुमार दाहाल, कनक कार्की, अनिता कार्की, सन्तलाल माझीलगायतको उपस्थिति रहेको थियो ।
क्लबका संरक्षक शिक्षक देबु बानियाँले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पारेका थिए । क्लबकी उपाध्यक्ष माङनिमा लावतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन दाहालले गरेका थिए ।