झापा। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी जेठ २८ गते झापाको दमक आउने भएका छन् । पार्टीको नगर अधिवेशन तथा बिभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउने भएका हुन् ।
एमाले क्षेत्रीय कमिटिको प्रचारप्रसार बिभागद्धारा बुधबार दमकमा पत्रकार सम्मेलन गरि कार्यक्रमहरुको सम्पूर्ण बिवरणहरु जानकारी गराईएको छ ।
झापा क्षेत्र नं. ७ का सांसदसमेत रहेका प्रधानमन्त्री ओलीले दमक नगरको ९ औ अधिवेशनलाई संवोधन गर्नका साथै दमक–६ मा भ्युटावर, दमक–५ बाट मोरङ्को मधुमल्ला जोड्ने स्थानमा मावा खोलाको पुल, दमक–१ बाट लखनपुर–१ हुदै चुलाचुली जोड्ने स्थानमा रतुवा खोलाको पुल, दमक–१५ मा फाल्गुनन्द सभागृहको शिलान्यास गर्ने जनाईएको छ ।
एमाले झापा क्षेत्र नं. ७ प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले क्षेत्रीय ईन्चार्ज तथा ओलीका सांसद प्रतिनिधी होमबहादुर थापाले सभागृह शिलान्यासमा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनसमेत सहभागी हुने जनाए ।
सो सभागृह धर्मगुरु आत्मानन्दको समेत अगुवाईमा बन्न लागेको हो । सभागृहको नाम किराँत धर्मगुरु फाल्गुनन्द रहने थापाले बताए । संसद प्रतिनिधि थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ्, कानुन मन्त्री अग्नी खरेल, सिँचाई मन्त्री उमेश यादव, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायत अन्य मन्त्री र सासंदहरु पनि सहभागी हुने जनाईएको छ ।