काठमाण्डाैं । धुर्मुससुन्तली फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माणाधिन एकिकृत नमुना बस्तीको लागि सैनिक श्रीमती संघले समेत सहयोगी हात बढाएको छ। फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले रु १४ लाख रकम हस्तान्तरण गरेको हो।
केही समय अमरपन्छी नामक कन्सर्टबाट उठेको रकममध्ये २५ लाख धरहरा निर्माणका लागि हस्तान्तरण गरिएको बाँकी रकम फाउन्डेसनलाई दिइएको संघले जनाएको छ।
कन्सर्टपछि जारी प्रेस विज्ञप्तीमा भूकम्पपीडितका लागि सहयोग गर्नेबारे कुनै पनि बुँदा उल्लेख नहुँदा संघ आलोचित बनेको थियो।
संघबाट प्राप्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने भन्दै धुर्मुसले खुशी व्यक्त गरे।
Facebook Comments Box