बुधबारे । झापाको बुधबारे गाविस खुल्ला दिशामुक्त तथा पूर्ण खोप युक्त गाविस घोषणा भएको छ । आज बुधबारे रामजानकी मन्दिरको सभाहलमा एक कार्यक्रम गरी बुधबारेलाई सो घोषणा गरिएको हो ।
घोषणा सँगै खानेपानी डिभिजन कार्यालय झापाबाट बुधबारे गाविसले नगद दुई लाख ५० हजार रुपैंया सम्मान स्वरुप प्राप्त गरेको छ । गाविस सचिव बासुदेव भट्टराईको अध्यक्षता तथा झापा क्षेत्र न ४ का सांसद प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, झापाका स्थानीय विकास अधिकारी खिलराज ओझा, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख चोकप्रसाद धिताल, जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहता रहेका थिए ।
स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधी सहित बुधबारेवासीको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि गिरीले व्यानर पढेर सो घोषणा गरेका हुन् ।
यसैबीच सोहि अवसर पारेर बुधबारे बजारमा सटर सहितको सेनेटरी शौचालयको शिलान्याससमेत गरिएको छ । सो घोषणा गर्न सहयोग पुर्याउने विभिन्न संघसंस्था सहित २ दर्जन जति सम्मानित भएका छन् । यस घोषणा सँगै झापामा खुल्ला दिशा मुक्त गाविसको संख्या ४ पुगेको छ ।
पूर्ण सञ्जेलले सञ्चालन गरेको कार्यक्रममा बोल्ने अधिकाशं बक्ताले यो घोषणाले बुधबारेलाई सुन्दर, सफा र व्यवस्थित गाविसको रुपमा चिनिएको प्रतिकृया दिएका थिए ।