Author: admin
काठमाण्डौं । उद्योग व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको नेपाल उद्योग बाणिज्य महासंघ नेतृत्वको व्यवसायीको टोलीले बधाई दिएको हो । भेटमा प्रधानमन्त्री दाहालले सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक रहेको बताए । उनले व्यवसायीसँग थप छलफल गरेर आर्थिक क्षेत्रमा गुणात्मक प्रगति हाँसिल गर्ने बताए । भेटमा उद्योगी व्यवसायीले सरकारलाई पूर्णसहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । यसैबिच बिहानै तनहूँ काठमाडौं सम्पर्क मञ्चका प्रतिनिधिले पनि प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिएका छन् ।
झापा । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहान गरेको लिम्वूवान वन्दको कारण पूर्वाञ्चलकाे जनजिवन प्रभावित बनेकाे छ । बन्दको कारण पूर्वकाे ९ जिल्लामा विहानै देखि मोटरसाईकल, प्रेसका गाडी, कुटनितिक नियोगका गाडी, दमकल र एम्वुलेन्स बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । ब्यापार ब्यवसाय समेत ठप्प छन । बन्दको कारण पूर्वका सुनसरी, मोरङ, झापा, ईलाम, पाँचथर, तेहथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङ गरी ९ जिल्लामा आशिंक प्रभाव परेको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पवन गिरीले बताए । १८३१ साउन २२ गतेकाे दिन तत्कालिन गोर्खा राज्यसँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै कालो दिनको रुपमा साउन २२ लाई परिषद्ले मनाउँदै आएको छ । २०६६…
काठमाण्डौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो । जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए । होस्टलमा सुतीरहेका चौधरीलाई मोटरमा आएका दुईजना हतियारधारी समूहले होस्टलको तीनतला माथिबाट फालिदिएका थिए । चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिएका छन् । ‘उनीहरु मोटरमा चढेर आएका थिए रे तर नम्वर टिप्न सकिएन,’ उनले भने । घटना के कारणले भएको हो थाहा हुन सकेको छैन । तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु…
काठमाण्डौँ । रियो ओलम्पिकको ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्यताका साथ उदघाटन भएको छ । रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उदघाटन समारोह भने नेपाली समय अनुसार आज बिहान सुरु भएको हो । यसक्रममा दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलका स्पर्धामा पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । ओलम्पिक सुरु हुनु पूर्व रुसको डोपिङ, जिका भाइरसको संक्रमण तथा आयोजना स्थललको सुरक्षा तथा भौतिक पूर्वाधारको निर्माणको विषयले विवाद भएको थियो । तर अन्ततः ब्राजिलमा रियो ओलम्पिक सुरु भएको छ । दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको…
42. One who talks in sleep : A) Somnambulist B) Somniloquent C) Garrulous D) Teetotaller 43. MOrbid fear of the number of 13 is known as : A) trichophobia B) triskaidekaphobia C) pyrophobia D) sitophobia 44. The killing of one’s wife is known as : A) uxoricide B) parricide C) patricide D) fraticide 45. “As pure as a lily” likewise” as cool as a _________________” ? A) water B) ice C) cucumber D) watermelon 46. John ______ _ in Scotland for ten…
नेपालगन्ज । निरन्तर चहर्याइरहन्छ उकुच पल्टेको घाउ। घरी थाक्छ घरी पाक्छ, निको हुने छाँटै छैन। सीमा क्षेत्रमा भारतले ‘नियतवश’ सिर्जना गरेका यस्ता घाउले सीमा क्षेत्रका नेपाली बर्सेनि प्रताडित भइरहन्छन् । नदीपिच्छे बाँध बनाएर नेपाली भूमि डुबाउने ब्रिटिस सत्ताकालीन परियोजना निरन्तर अघि बढाइरहेको छ भारत, जसअनुसार दक्षिणी सीमामा मात्र डेढ दर्जन बाँध र तटबन्ध निर्माण भइसकेका छन्। यिनै बाँध र तटबन्ध नेपाली सीमा र तराईका लाखौं बासिन्दाको घरखेत, बस्ती, आवादी उठिबास बनाउने कारक बनिरहेका छन् । नागरिक दैनिकमा खबर छ । झन्डै २ हजार ५ सय बिघा जमिन नष्ट। ४ हजार बिघाको उर्वराशक्ति ह्रास। ६० हजार व्यक्ति डुबान तथा कटानबाट प्रभावित।…
त्यो कुराकानी पछि अरू पनि विद्रोहमा उत्रेलान् र भिडियो अन्त देखाइदेलान् भन्ने डरले होला दिल्लीको एजेन्टले मेरो टिकट पठाइदिएछ । ११ बजे राति नेपाली भान्छे दिदीले टिकट ल्याएर मेरो हातमा फ्याँकेपछि मलाई आफू नेपाल जान पाउने भएँ भन्ने लाग्यो । हिँड्नुअघि साथीहरूमध्ये कोहीले परिवारलाई भनिदिनू भन्दै फोन नम्बर दिए, कोहीले फोटो पछाडि नम्बर लेखेर दिए । मोबाइलमा भिडियो खिचेर आवाज रेकर्ड गराएर मेरो फोनमा पठाए । नेपालमा प्रहरीलाई यो देखाएर नर्कबाट निकाल्नू भनेर दिदीबहिनीले गुहार मागे । हिँड्नुअघि मैले आफूसँग भएका कपडा त्यहीं छाडेर आएँ । नेपाल फर्कंदा आफूसँग सुको पैसा थिएन । त्यहींकी सरस्वती बहिनीसँग तीन हजार मागें ।…
काठमाण्डौ । बागबजारको सिटी स्क्वायरमा ‘रिम फेसननेट बुटिक’को उद्घाटन समारोहमा गायक राजेशपायल राईले नयाँ सारी दिँदा अभिनेत्री केकी अधिकारीले लिन मानिनन्। रिम फेसननेट बुटिकको राजेशपायल र अभिनेत्री केकीले एकसाथ उद्घाटन गरेका हुन्। सोही कार्यक्रममा केकीले सारी लिन नमानेकी हुन्। राजेशपायलले केकीलाई आफूले एउटा सारी किनिदिने भन्दै छान्न आग्रह गरे। तर, केकीले सारी चाहिँदैन भनिन् । महिलाको मात्र पहिरन पाउने सो बुटिकमा आफू अविवाहित भएकाले कसलाई साडी किनिदिने भन्दै दोधारमा परेको बताए। ‘केकीलाई किनिदिउँ भनेको पर्दैन भनिन’, ‘राजेशपायलले हाँस्दै भने,भोलिपर्सि अरुलाई नै किनिदिनु पर्ला।’ गायक राजेशपायलले आफूलाई फेसनेबल भएको बताएको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।
काठमाण्डौ । “मेरा छोराछोरी टेलिभिजन भनेपछि हुरुक्कै हुन्छन्”, आम अभिभावकको साझा गुनासो यस्तै रहने गरेको छ । तर, आफ्ना सन्तानहरूको टेलिभिजन मोहलाई लिएर हैरान भएका अभिभावकका लागि खुसीको खबर छ, आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले गरेको अध्ययनले टेलिभिजन हेर्नका लागि समय खर्च नगर्ने विद्यार्थीभन्दा दैनिक टीभी हेर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको देखाएको छ । ईआरओले देशका २३ जिल्लाका कक्षा ३ र ५ का करिब ७८ हजार विद्यार्थीमाथि गत वर्ष गरेको अध्ययनले दैनिक बढीमा दुई घण्टासम्म टीभी हेर्नमा समय खर्चने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको देखाएको हो । “विद्यार्थीलाई टीभी…
काठमाण्डौ । ईजरायलले संयुक्त राज्य अमेरिकामा रहेको ‘इसाई परोपकारी संस्था’ वर्ल्ड भिजनका एक जना उच्च अधिकृतले करोडौं रुपमा कट्टपन्थी इस्लामिक समुह हमासलाई उपलब्ध गराएको आरोप लगाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । ती अधिकृत मोहम्मद अल हवालीलाई सीमा पास गरी गाजातर्फ जान लाग्दा जुन १५ मा गिरफ्तार गरिएको वर्ल्ड भिजनले जनाएको छ । बिहिबार इजरायली अधिकारीहरुले उनीविरुद्ध आरोप दाखिला गरेका छन् । हवेलीले सन् २०१० देखि गाजामा कार्यभार सम्हाल्दै आएका छन् । इजरायली सुरक्षा निकायलाई हवला दिँदै अमेरिकी टेलिभिजन एनबीसीले वल्र्ड भिजनले करीब ७२ लाख अमेरिकी डलर प्रतिवर्ष हमासलाई उपलब्ध गराउँदै आएको बताएको छ ।