काठमाण्डौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो ।
‘उनीहरु मोटरमा चढेर आएका थिए रे तर नम्वर टिप्न सकिएन,’ उनले भने । घटना के कारणले भएको हो थाहा हुन सकेको छैन । तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन् । घटनास्थलबाट प्रहरीले शवलाई लिएर गएको छ । घटनाको सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको बस्नेतले जानकारी दिए । श्राेत – अनलाइन खबर
Facebook Comments Box