काठमाण्डौं । उद्योग व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको नेपाल उद्योग बाणिज्य महासंघ नेतृत्वको व्यवसायीको टोलीले बधाई दिएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक रहेको बताए । उनले व्यवसायीसँग थप छलफल गरेर आर्थिक क्षेत्रमा गुणात्मक प्रगति हाँसिल गर्ने बताए । भेटमा उद्योगी व्यवसायीले सरकारलाई पूर्णसहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
यसैबिच बिहानै तनहूँ काठमाडौं सम्पर्क मञ्चका प्रतिनिधिले पनि प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिएका छन् ।
Facebook Comments Box