काठमाण्डौ ।
ईजरायलले संयुक्त राज्य अमेरिकामा रहेको ‘इसाई परोपकारी संस्था’ वर्ल्ड भिजनका एक जना उच्च अधिकृतले करोडौं रुपमा कट्टपन्थी इस्लामिक समुह हमासलाई उपलब्ध गराएको आरोप लगाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।
ती अधिकृत मोहम्मद अल हवालीलाई सीमा पास गरी गाजातर्फ जान लाग्दा जुन १५ मा गिरफ्तार गरिएको वर्ल्ड भिजनले जनाएको छ ।
बिहिबार इजरायली अधिकारीहरुले उनीविरुद्ध आरोप दाखिला गरेका छन् । हवेलीले सन् २०१० देखि गाजामा कार्यभार सम्हाल्दै आएका छन् ।
इजरायली सुरक्षा निकायलाई हवला दिँदै अमेरिकी टेलिभिजन एनबीसीले वल्र्ड भिजनले करीब ७२ लाख अमेरिकी डलर प्रतिवर्ष हमासलाई उपलब्ध गराउँदै आएको बताएको छ ।

Facebook Comments Box