झापा । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहान गरेको लिम्वूवान वन्दको कारण पूर्वाञ्चलकाे जनजिवन प्रभावित बनेकाे छ । बन्दको कारण पूर्वकाे ९ जिल्लामा विहानै देखि मोटरसाईकल, प्रेसका गाडी, कुटनितिक नियोगका गाडी, दमकल र एम्वुलेन्स बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । ब्यापार ब्यवसाय समेत ठप्प छन ।
बन्दको कारण पूर्वका सुनसरी, मोरङ, झापा, ईलाम, पाँचथर, तेहथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङ गरी ९ जिल्लामा आशिंक प्रभाव परेको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पवन गिरीले बताए ।
२०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दे आएको छ । परिषदको बन्दका कारण पुर्वी पहाडी जिल्ला हिडेका यात्रुहरु झापाकाे विर्तामाेडमा अलपत्र परेका छन् । उनिहरुले कुनै पनि वहानमा वन्द नगर्न आग्रह गर्दे वन्दको विकल्प खोज्न आग्रह समेत गरेका छन् ।