Author: खबरमञ्च
झापा– विभिन्न माग राख्दै झापाको गौरादहका कृषकहरूले आइतबार दोस्रो पटक चक्काजाम गरेका छन्। बिहान ९ बजेदेखि ११ बजेसम्म गौरादह–८ चन्दन चोकस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा कृषकहरूले दुई घण्टा यातायात अवरुद्ध पारेका हुन्। जोरपल उच्च कृषक समूहको आयोजनामा भएको यस चक्काजामको नेतृत्व जोरपल कृषक समूहका अध्यक्ष इन्द्रप्रसाद पोखरेलले गरेका थिए। करिब ५० जना स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो। कृषकहरूले “सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल, बीउ, विषादी समयमा पाउनुपर्ने, ट्र्याक्टर जोताई दररेट कम हुनुपर्ने र कृषि सिँचाइ महसुल पूरै छुट हुनुपर्ने” लगायतका ४ सूत्रीय माग राखेका छन्। उनीहरूले प्लेकार्ड बोकेर “स्थानीय सरकार मुर्दावाद, केन्द्रीय सरकार मुर्दावाद, किसानको माग पूरा गर” जस्ता नारा लगाएका थिए।…
काठमाडौँ– गीतकार, गायक एवं सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको नेपाल क्यान्सर अस्पतालमा उपचाररत रसिकको आइतबार निधन भएको हो। उनको शव हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा राखिएको छ। संगीतकार वसन्त मुकारुङका अनुसार, रसिककी छोरी बेलायतबाट भोलि (सोमबार) नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ। रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए। भोजपुरको छिनामखुमा २००४ सालमा थुलुङ राई परिवारमा जन्मिएका रसिक पछिल्लो समय इलामको सूर्योदय नगरपालिका, फिक्कलमा बस्दै आएका थिए। रसिकका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई…
झापा – झापाको मेचीनगर नगरपालिका वडा नं. १ सुनारे टोलस्थित सिद्दि खोलाबाट सिँचाइका लागि लगिएको नहरको ढोकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक जिल्ला इलाम रोङ गाउँपालिका वडा नं. ६ बस्ने ५६ वर्षीय भगिरथ तामाङ रहेको खुलेको छ। उनी मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीसम्म पुगेको नहरको ढोकामा घोप्टो परेको अवस्थामा अड्किएर मृत फेला परेका हुन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
झापा– वर्षायाम सुरु हुँदै गर्दा माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ। शुक्रबार राति परेको हावाहुरीसहितको पानीले गर्दा माई खोलामा पानीको बहाव बढेर मानव बस्तीमा पसेको हो। झापा गाउँपालिकाको वडा नम्बर २ स्थित सुगाबथान, कुवारी, मिलन बस्तीलगायतका क्षेत्रका घरघरमा करिब एक फुटसम्म पानी पसेको छ। घरमा पानी पसेपछि स्थानीय बासिन्दाहरू घर छोडेर सुरक्षित स्थान वा सडकमा भेला हुन थालेका छन्। बाढीले किसानहरूको मकैबालीमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
झापा- झापाको शिवसताक्षीमा मानव कंकाल फेला परेको छ । शुक्रबार दिउँसो ४ बजे शिवसताक्षी नगरपालिका वडा न. ७ लालपानी मण्डल बस्तीस्थित कृष्ण मण्डलको मकैबारीमा मानव कंकाल फेला परेको हो । स्थानीयले देखेर अस्थाई प्रहरी चौकी माईधारमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर हेर्दा सडेगलेको अवस्थामा पुरूषको मानव कंकाल भेटिएको थियो । स्थानीयसंग बुझ्ने क्रममा उक्त मानव कंकाल सोही ठाउँ बस्ने ४४ वर्षीय ओमप्रकाश श्रेष्ठको भएको बुझिएको छ । उनको मानसिक सन्तुलन ठिक थिएन । मृतकका बुवा भिम श्रेष्ठ र श्रीमती सुष्मा श्रेष्ठलाई बोलाई हर्ने क्रममा उनले लगाएको कपडा र मालाबाट पहिचान खुलेको छ । श्रेष्ठ जेठ १ गते घरबाट हिडेका थिए…
काठमाडौँ- नेपालमा यस वर्ष सरदर मितिभन्दा १५ दिनअघि नै मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गर्दै बिहीबार रातिदेखि मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरी कोशी प्रदेशका अधिकांश भागमा फैलिएको जानकारी दिएको छ। मनसुन सक्रिय भएसँगै कोशी प्रदेशका धेरैजसो मौसम केन्द्रमा हल्कादेखि मध्यम खालको वर्षा भएको विभागले जनाएको छ। विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने गर्छ, तर यस वर्ष मे २९ मै मनसुन भित्रिएको हो। “देशका बाँकी भागमा भने अझै केही समयपछि मात्र मनसुन फैलिने देखिन्छ,” जोशीले भने, “हाल ती क्षेत्रमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव कायम…
झापा- झापाको मेचीनगर–१० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको परिचय खुल्न नसकेको हो। बिहीबार दिउँसो करिब १२:३० बजे पहाडी समुदायजस्तो देखिने करिब ४० वर्षको पुरुष टिमाई खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए। स्थानीय बासिन्दाका अनुसार मृतक ४–५ दिनदेखि धुलावारी बजार क्षेत्रमा मागेर खाँदै हिँड्दै आएका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान र मुचुल्का तयार गरी मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा पठाएको छ।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीवारदेखि शुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो आह्वान गरेका हुन् । उनले व्यवस्था विरुद्धको आन्दोलन राप्रपाको मात्र नभइ देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गरे । उनले जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गरे । उनले भने, ‘आज पार्टीको स्थापना दिवस हो । आजबाट जनआन्दोलन प्रारम्भ पनि भएको छ । वर्तमान अवस्थामा परिवर्तन गर्नको लागि व्यवस्थामा परिवर्तन अनिवार्य छ । यो आन्दोलन कुनै एउटा पार्टीको मात्र आन्दोलन होइन…
झापा– झापाको मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलहरूका कारण सो स्थान यतिबेला पर्यटकीय गन्तव्यमा परिणत भएको छ। पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिणमा रहेको सतिघट्टा चिया बगानको करिब चार बिघा क्षेत्रमा रहेका एक सय वटा ‘सोना गुलाबी’ रुखहरू ढकमक्क फुलेर राताम्य भएका छन्। हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका यी मनमोहक फूलहरूले प्राकृतिक वातावरणलाई रोमाञ्चक बनाएको कारण पर्यटकहरूको आगमन अत्यधिक बढेको वडाध्यक्ष प्रह्लादमणि ओलीले बताए। “पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैनथे,” वडाध्यक्ष ओली भन्छन्, “यसपाली मानिसहरू यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौं। व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको…
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने भएका छन् । सभाको बिहीवारको बैठकको शुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी गराएका हुन् । उनले भिजिट भिसा प्रकरणको छानविन गर्न उच्चस्तरीय छानविन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा विपक्षी दलहरुको आन्दोलन जारी रहने बताएका हुन्। उनले विचौलियामार्फत निर्माण भएको सरकार कुशासन र भ्रष्टचारमा लिप्त रहेको आरोपसमेत लगाए । उनले भने, ‘हामीले संविधानअनुसार जेठ १५ गतेको दिनलाई विशेष व्यवस्था गरेका छौँ । प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट पेस गर्ने संवैधानिक व्यवस्था…