झापा- झापाको मेचीनगर–१० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको परिचय खुल्न नसकेको हो। बिहीबार दिउँसो करिब १२:३० बजे पहाडी समुदायजस्तो देखिने करिब ४० वर्षको पुरुष टिमाई खोलामा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।
स्थानीय बासिन्दाका अनुसार मृतक ४–५ दिनदेखि धुलावारी बजार क्षेत्रमा मागेर खाँदै हिँड्दै आएका थिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान र मुचुल्का तयार गरी मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा पठाएको छ।
Facebook Comments Box
