झापा – झापाको मेचीनगर नगरपालिका वडा नं. १ सुनारे टोलस्थित सिद्दि खोलाबाट सिँचाइका लागि लगिएको नहरको ढोकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृतक जिल्ला इलाम रोङ गाउँपालिका वडा नं. ६ बस्ने ५६ वर्षीय भगिरथ तामाङ रहेको खुलेको छ। उनी मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीसम्म पुगेको नहरको ढोकामा घोप्टो परेको अवस्थामा अड्किएर मृत फेला परेका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box
