झापा- झापाको शिवसताक्षीमा मानव कंकाल फेला परेको छ ।
शुक्रबार दिउँसो ४ बजे शिवसताक्षी नगरपालिका वडा न. ७ लालपानी मण्डल बस्तीस्थित कृष्ण मण्डलको मकैबारीमा मानव कंकाल फेला परेको हो ।
स्थानीयले देखेर अस्थाई प्रहरी चौकी माईधारमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर हेर्दा सडेगलेको अवस्थामा पुरूषको मानव कंकाल भेटिएको थियो ।
स्थानीयसंग बुझ्ने क्रममा उक्त मानव कंकाल सोही ठाउँ बस्ने ४४ वर्षीय ओमप्रकाश श्रेष्ठको भएको बुझिएको छ । उनको मानसिक सन्तुलन ठिक थिएन ।
मृतकका बुवा भिम श्रेष्ठ र श्रीमती सुष्मा श्रेष्ठलाई बोलाई हर्ने क्रममा उनले लगाएको कपडा र मालाबाट पहिचान खुलेको छ । श्रेष्ठ जेठ १ गते घरबाट हिडेका थिए ।
परिवारले जेठ ३ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलियासहित बेपत्ता भएको निवेदन दिएका थिए ।
Facebook Comments Box
