झापा– वर्षायाम सुरु हुँदै गर्दा माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ। शुक्रबार राति परेको हावाहुरीसहितको पानीले गर्दा माई खोलामा पानीको बहाव बढेर मानव बस्तीमा पसेको हो।
झापा गाउँपालिकाको वडा नम्बर २ स्थित सुगाबथान, कुवारी, मिलन बस्तीलगायतका क्षेत्रका घरघरमा करिब एक फुटसम्म पानी पसेको छ।
घरमा पानी पसेपछि स्थानीय बासिन्दाहरू घर छोडेर सुरक्षित स्थान वा सडकमा भेला हुन थालेका छन्।
बाढीले किसानहरूको मकैबालीमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

Facebook Comments Box
