Author: खबरमञ्च
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले वडाध्यक्षहरूलाई प्रशिक्षणमा ध्यान दिन र त्यसपछि जेठ १५ गतेको कार्यक्रममा पूर्ण रूपमा समर्पित हुन भनेका छन्। ओलीले राजावादीहरू कुनै महान् उद्देश्यका लागि लडिरहेको नभइ अनावश्यक फुर्तिफार्ति मात्र देखाइरहेको टिप्पणी गर्दै खुलेर प्रतिवाद गर्नुपर्ने बताए। उनले राजावादीहरूले ‘राजा प्राणभन्दा प्यारो छ’ भनेर नाराबाजी गर्ने गरेको उल्लेख गर्दै प्रश्न गरे, “वीरेन्द्रलाई हत्या गरेर मार्दा कहाँ गएका थिए?” ओलीले भने, “म साथीहरुलाई भन्न…
झापा– जंगली च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङ ५ लारुम्बाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। झापाको सूर्योदय वडा नं. ४ ठूलो श्रीबुङस्थित आमत थुलुङ राईको घरमा डेरा गरी चिया टिप्ने काम गर्दै आएका उनीहरूले गत मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउ खाएका थिए। जंगलबाट ल्याएको च्याउ खाएपछि माङसेबुङ ५ लारुम्बा बस्ने ५२ वर्षीय अमर लावती, १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा थेगिम लिम्बू गत बुधबार दिउँसो सिकिस्त बिरामी परेका थिए। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा नुमा लावतीको गत शुक्रबार दिउँसो २:४० बजे विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा मृत्यु भएको थियो। त्यस्तै, विराट नर्सिङमा उपचार सम्भव…
झापा- राजसंस्थावादीहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा आएका छन्। उनी दुई हप्ते बसाइका लागि दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा आएका हुन्। अपराह्न ४ बजेको बुद्ध एयरको विमानबाट उनी झापा आएका हुन्। पूर्व राजाको सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको टोली दुई दिन अघि नै काठमाडौंबाट हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा आइसकेको छ। हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा केही दिनदेखि पूर्व राजाको परिवारका सदस्यहरूको आउनेजाने क्रम चलिरहेको बताइएको छ।
झापा– विभिन्न माग राख्दै झापाको गौरादहमा किसानहरूले चक्काजाम गरेका छन्। गौरादह नगरपालिका–८, चन्दन चोकस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा जोरपल उच्च कृषक समूहको आयोजनामा शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा चक्काजाम गरिएको हो। जोरपल कृषक समूहका अध्यक्ष इन्द्र पोखरेलको नेतृत्वमा करिब ३५ जना स्थानीय किसानहरू प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले “सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल, बीउ, विषादी समयमा पाउनुपर्ने, ट्र्याक्टर जोताई दररेट कम हुनुपर्ने र कृषि सिँचाइ महशुल पुरै छुट हुनुपर्ने” लगायतका चारसूत्रीय माग राखेका छन्। प्रदर्शनका क्रममा किसानहरूले हातमा हलो जुवा, कोदालो र विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए। चक्काजाम गरिए पनि सवारी साधनहरू सडकको साइड किनाराबाट सञ्चालनमा रहेका प्रहरीले जनाएको…
झापा– झापाको कचनकवल गाउँपालिकामा रहेको पथरिया माध्यमिक विद्यालयमा शिक्षक र लेखा कर्मचारी नियुक्तिका लागि तय भएको लिखित परीक्षा स्थगित भएपछि विवाद चुलिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव र गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीबीच परीक्षा स्थगनको कारण र यसमा कसको भूमिका भन्नेबारे आरोप-प्रत्यारोप देखिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवको खण्डन: अध्यक्ष यादवले आफ्नी छोरी परीक्षार्थी रहेकाले नियुक्त नहुने भएपछि परीक्षा रोकेको भन्ने आरोपको खण्डन गरेका छन्। मिडियामा यसबारे समाचार आएपछि उनले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका हुन्। उनले आफ्नै स्वास्थ्यमा गम्भीर समस्या आएकाले परीक्षा रद्द गर्नुपरेको तर्क प्रस्तुत गरेका छन्। यादवले भने, “गाउँपालिका…
झापा– झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जका परमानन्द साह लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। आज (जेठ ७ गते) साँझ करिब ५:२० बजे लागुऔषध ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले साहको घरमा छापा मारेको थियो। चेकजाँचका क्रममा साहको बेडको सिरानमुनि लुकाएर राखेको ४६ पोका (सानो पोका) ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ४ ग्राम २३० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ९०० मिलिग्राम लागुऔषध बरामद भएको हो। प्रहरीले परमानन्द साहलाई लागुऔषधसहित नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।
बिर्तामोड— झापाको बाह्रदशी गाउँपालिका–६ मा रहेको मिनी माउन्टेन इङलिस सेकेन्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थी विद्यालयको धाराको पानी पिएपछि बिरामी परेका छन्। प्रहरीका अनुसार, विद्यार्थीहरूले आज दिउँसो २ बजे विद्यालय परिसरमा रहेको धाराको पानी पिएपछि पेट दुख्ने समस्या देखिएको हो। उनीहरूलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ। बिरामी विद्यार्थीहरूलाई विद्यालयका शिक्षकहरूले अस्पताल पुर्याएका थिए। कक्षा ८ देखि ११ सम्म अध्ययनरत छात्रछात्रा बिरामी परेका छन्। अस्पताल स्रोतका अनुसार, उनीहरूमध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था परीक्षणपछि मात्र यकिन हुनेछ। बिरामी परेका विद्यार्थीहरू: सुमित्रा किस्कु (११ वर्ष) रेवन विक (१० वर्ष) प्रनिसा अधिकारी (९ वर्ष) खुश्बु बर्देवा (९ वर्ष) सुप्रिया…
झापा— झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले बुधबार बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेका थिए। डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले उक्त हात्ती धेरै पहिलेदेखि बिरामी रहेको जानकारी दिए। प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर चार पटकसम्म उपचार गराइए पनि हात्तीलाई बचाउन नसकिएको श्रेष्ठले बताए। “हात्ती पहिल्यैदेखि बिरामी थियो,” उनले भने, “उपचार गरियो, बचाउन सकिएन।” बिरामी भएर चरनमा जान नसकेपछि मेचीनगरका युवाहरूको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी) ले बन्दाकोभी, फूलकोभी, तरुललगायतका खाना जङ्गलमै लगेर खुवाउँदै आएको थियो। वन्यजन्तु संरक्षण अभियन्ता…
झापा— कुनै समय सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै नाक खुम्च्याउने झापाको बिर्तामोडमा अहिले अवस्था फेरिएको छ। बिर्तामोड नगर अस्पतालले गुणस्तरीय र विविध सेवा प्रदान गर्न थालेपछि नगरवासीको आकर्षण ह्वात्तै बढेको छ। हाल दैनिक ४ सयदेखि ५ सय जनाले यहाँबाट स्वास्थ्य सेवा लिइरहेका छन्। नगर प्रमुख पवित्रा महतारा प्रसाईंले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकता दिएको बताएकी छन्। “चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ,” उनले भनिन्, “नयाँ भवन निर्माणमा ढिलासुस्तीका कारण केही समस्या भइरहेको छ।” निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको उनले गुनासो गरिन्। हाल १५ शय्याको रहेको नगर अस्पताललाई २५ शय्याको बनाउने लक्ष्य रहेको छ। नगर अस्पतालको प्रभावकारी सेवा प्रवाहका कारण विभिन्न जिल्लाबाट…
बिर्तामोड— बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई यस वर्षको विद्यालय पोसाक वितरण सुरु गरेको छ। वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले दुई जना छात्र र दुई जना छात्रालाई पोसाक लगाइदिएर वितरण कार्यक्रमको शुभारम्भ गरिन्। नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगर प्रमुख प्रसाईका अनुसार, यस वर्ष १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी कुल २० वटा विद्यालयका ३ हजार ९ सय २५ जना विद्यार्थीलाई पोसाक वितरण गरिनेछ। अभिभावकहरूलाई थोरै भए पनि सहयोग पुगोस् र विद्यार्थीहरूमा एकरूपता आओस्…