झापा– झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जका परमानन्द साह लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
आज (जेठ ७ गते) साँझ करिब ५:२० बजे लागुऔषध ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले साहको घरमा छापा मारेको थियो।
चेकजाँचका क्रममा साहको बेडको सिरानमुनि लुकाएर राखेको ४६ पोका (सानो पोका) ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ४ ग्राम २३० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ९०० मिलिग्राम लागुऔषध बरामद भएको हो।
प्रहरीले परमानन्द साहलाई लागुऔषधसहित नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box
