बिर्तामोड— झापाको बाह्रदशी गाउँपालिका–६ मा रहेको मिनी माउन्टेन इङलिस सेकेन्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थी विद्यालयको धाराको पानी पिएपछि बिरामी परेका छन्।
प्रहरीका अनुसार, विद्यार्थीहरूले आज दिउँसो २ बजे विद्यालय परिसरमा रहेको धाराको पानी पिएपछि पेट दुख्ने समस्या देखिएको हो।
उनीहरूलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ। बिरामी विद्यार्थीहरूलाई विद्यालयका शिक्षकहरूले अस्पताल पुर्याएका थिए।
कक्षा ८ देखि ११ सम्म अध्ययनरत छात्रछात्रा बिरामी परेका छन्। अस्पताल स्रोतका अनुसार, उनीहरूमध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था परीक्षणपछि मात्र यकिन हुनेछ।
बिरामी परेका विद्यार्थीहरू:
- सुमित्रा किस्कु (११ वर्ष)
- रेवन विक (१० वर्ष)
- प्रनिसा अधिकारी (९ वर्ष)
- खुश्बु बर्देवा (९ वर्ष)
- सुप्रिया सुन्दास (१० वर्ष)
- सेन्जे हाङमा शर्मा (१० वर्ष)
- मनिता गजुरेल (१० वर्ष)
- बिना रिजाल (११ वर्ष)
- आदित्य ढकाल (११ वर्ष)
- अरबिदा राई (११ वर्ष)
- सुशान्त कार्की (११ वर्ष)
- प्रनिसा कार्की (११ वर्ष)
- सृष्टि मावो (१० वर्ष)
- ग्रीष्मा साह (११ वर्ष)
- अनुसा भुजेल (८ वर्ष)
- ईसिका भुजेल (९ वर्ष)
- वर्षा लिम्बू (९ वर्ष)। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीय तहले पनि विद्यालयमा प्रयोग हुने खानेपानीको गुणस्तर परीक्षणका लागि पहल थालेको छ।
Facebook Comments Box
