झापा- राजसंस्थावादीहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा आएका छन्।
उनी दुई हप्ते बसाइका लागि दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा आएका हुन्। अपराह्न ४ बजेको बुद्ध एयरको विमानबाट उनी झापा आएका हुन्।
पूर्व राजाको सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको टोली दुई दिन अघि नै काठमाडौंबाट हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा आइसकेको छ।
हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा केही दिनदेखि पूर्व राजाको परिवारका सदस्यहरूको आउनेजाने क्रम चलिरहेको बताइएको छ।
Facebook Comments Box
