Author: खबरमञ्च

काठमाडौँ । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्।  निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताए । कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। चीनबाट भित्र्याइएका यी जहाजले नाफा दिन नसकेपछि निगमले भाडामा लगाउने अथवा नेपाली सेनालाई स्काई ट्रक बनाउन दिनेलगायतबारे सोच बनाए पनि जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्याङ्कन प्रक्रिया सुरु गर्न लागिएको हो। जहाज भाडामा लगाउन…

Read More

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम गएको चैत ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै राखेको प्रस्तावको पक्षमा १७२ मत र विपक्षमा ८९ यति मत परेको छ। दाहालले राखेको प्रस्तावमा १ जना तटस्ठ बसेका छन्। यसअघि पहिलो पटक पुस २६ गते दाहालले विश्वासको मत लिएका थिए।

Read More

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतमाथि मतदान जारी छ। प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित ११ दलले विश्वासको मत दिने भनेका छन्। नेकपा एमाले र राप्रपाले भने विश्वासको मत नदिने बताएका छन्।

Read More

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ । आयोगले रवि लामिछाने पदमुक्त भएपछि रिक्त बनेको चितवन २ मा यसअघिनै वैशाख १० गते चुनाव गर्ने निर्णय गरिसकेको छ।

Read More

काठमाडौं । झापाको भद्रपरस्थित मेची बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियूले स्ववियू निर्वाचन जितेको छ। आइतबार भएको निर्वाचनमा गठबन्धन उम्मेदवारलाई पराजित गर्दै अनेरास्ववियुका सन्देश धमला विजयी भएका हुन्।उनले ९६० मत पाएर सभापतिमा जीत निकालेका हुन् । निकटतम प्रतिस्पर्धी नेविसंघका किशोर ढुंगानाले ८३० मत पाएका छन् । माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियूको संयुक्त प्यानलका सभापति उम्मेदवार विशाल गिरीले २५६ मत पाएका छन् । त्यस्तै सचिवमा पनि अनेरास्ववियुकै विदन राई एक हजार १३ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकी निलम कार्की विजयी भएकी छन् । सदस्यमा मिश्रित परिणाम आएको छ ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएको भएको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए । ‘हामी हिजो अस्ति नै मात्र हो फरक मत राखेर तपाईंसँग रहेनौं है भनेर हिडेको। आजको आजै विश्वासको मत दिन सकेनौं,’ लिङ्देनले भने। प्रधानमन्त्री दाहालमाथ व्यंग्य गर्दै लिङ्देनले भने, ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई महिनामा दुईदुई चोटी विश्वासको मत लिने मौका प्राप्त गर्नुभएको छ। बैशाख १५/२० तिर फेरि यस्तै दिन नआओस् म कामना गर्न चाहन्छु।’

Read More

काठमाडौं । नेकपा एमालेले पुस १० गते प्रधानमन्त्री बनाउन सहयोग गरेको पार्टीसँगको सम्बन्ध र सहयात्रा तोड्ने अवस्था किन आयो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेको छ। सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’ कांग्रेससहितको गठबन्धनमै फर्किन मन भए पुस १० मा प्रधानमन्त्री बनाइमाग्न किन एमालेकहाँ धाएको भन्दै पौडेलले प्रश्न तेर्साएका छन्। ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो ।’ पौडेलले आफूहरुले अब थप दाहालाई विश्वास गर्न नसक्ने भन्दै…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अहिले बाध्यता बनेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासकोमतको प्रस्तावको छलफलमा भाग लिँदै देउवाले कुनै दलको पनि संसदमा बहुमत आउने अवस्था नभएपछि गठबन्धनको आत्मसाथ गर्नुपरेको बताए। उनले भने, ‘हामी गठबन्धनको संस्कारमा जानुको विकल्प छैन। राजनीति गठबन्धनहरु अस्थिरता ल्याउने र क्षणिक स्वार्थको लागि मात्रै हुनु हुँदैन। देश र जनताको पक्षमा गठबन्धन केन्द्रित हुन आवश्यक छ।’ सोही कारण यसअघि पनि कांग्रेसले दाहाललाई विश्वासको मत दिएको बताए। उनले भने, ‘हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौं। त्यो राजनीतिक स्थिरताको लागि थियोस। मैले सुरुमै भनेको थिए संसदको सुरुमा नै…

Read More

काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । सरकार वादी हुने फौजदारी मुद्दामा मुद्दा नचल्ने राय तयार भएमा महान्यायाधिवक्ताले गर्ने निर्णय नै अन्तिम हुन्छ ।

Read More