काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अहिले बाध्यता बनेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासकोमतको प्रस्तावको छलफलमा भाग लिँदै देउवाले कुनै दलको पनि संसदमा बहुमत आउने अवस्था नभएपछि गठबन्धनको आत्मसाथ गर्नुपरेको बताए।
उनले भने, ‘हामी गठबन्धनको संस्कारमा जानुको विकल्प छैन। राजनीति गठबन्धनहरु अस्थिरता ल्याउने र क्षणिक स्वार्थको लागि मात्रै हुनु हुँदैन। देश र जनताको पक्षमा गठबन्धन केन्द्रित हुन आवश्यक छ।’
सोही कारण यसअघि पनि कांग्रेसले दाहाललाई विश्वासको मत दिएको बताए।
उनले भने, ‘हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौं। त्यो राजनीतिक स्थिरताको लागि थियोस। मैले सुरुमै भनेको थिए संसदको सुरुमा नै संसदमा अस्थिरताको आवाज उठ्न थालेका छन्। संसद अन्योलता र देश अनिश्चितातर्फ जाने सम्भावना बढेको छ। हामीले संसदको पुर्ण कार्यकालको सुनिश्चिताको लागि प्रधानमन्त्रीको प्रस्तावमा मतदान गरेका थियौं।’
