काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ ।
तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए ।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।
आयोगले रवि लामिछाने पदमुक्त भएपछि रिक्त बनेको चितवन २ मा यसअघिनै वैशाख १० गते चुनाव गर्ने निर्णय गरिसकेको छ।
Facebook Comments Box
