काठमाडौं । नेकपा एमालेले पुस १० गते प्रधानमन्त्री बनाउन सहयोग गरेको पार्टीसँगको सम्बन्ध र सहयात्रा तोड्ने अवस्था किन आयो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेको छ।
सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’
कांग्रेससहितको गठबन्धनमै फर्किन मन भए पुस १० मा प्रधानमन्त्री बनाइमाग्न किन एमालेकहाँ धाएको भन्दै पौडेलले प्रश्न तेर्साएका छन्।
‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो ।’
पौडेलले आफूहरुले अब थप दाहालाई विश्वास गर्न नसक्ने भन्दै अन्य दललाई समेत विश्वासको मत नदिन आग्रह गरे।
Facebook Comments Box
